लुनाको सम्मानमा न्युयोर्क मेयर अफिसले मनायो ‘लुना रञ्जित डे’


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

अमेरिकामा नेपाली अधिकारकर्मी लुना रञ्जितलाई सम्मान गर्दै न्युयोर्क मेयर अफिसले सेप्टेम्बर २८ लाई ‘लुना रञ्जित डे’का रुपमा मनाएको छ । लुनाले न्युयोर्क सिटीको मेयर अफिसबाट सम्मान प्राप्त गरेकी हुन् ।

नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारकी संस्थापक मध्येकी एक लुना रञ्जितले यो बर्षको ग्रिनेल पुरस्कार पनि पाउने भएकी छिन् । सामाजिक न्यायका क्षेत्रमा हासिल गरेका उपलब्धीको सम्मान गर्दै अमेरिकी कलेजले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

ग्रिनेल कलेजले पुरस्कारका लागि दुईजना विजेताहरु छानेको थियो । दुईजना विजेताहरुमध्ये एकजना लुना रञ्जित हुन् भने अर्को विजेताका रुपमा एस्मार्टका संस्थापकहरु डायना जु र ज्याकी स्टेनसनलाई संयुक्त रुपमा पुरस्कार दिइने भएको छ । हरेक पुरस्कार विजेताले संस्थाको लागि ५० हजार अमेरिकी डलर र व्यक्तिगत रुपमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । आगामी अक्टोबर ४ मा उक्त पुरस्कार प्रदान गरिनेछ ।

14485036_10211194113026885_2603297721621383011_n

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकार र लुना

अधिकार अर्थात् अधिकार फर सोसल जस्टिस एण्ड ह्युमन राइट्स । यो संस्थाले आङ्खनो स्थापनाको एघार वर्È पूरा गरेको छ । यसले आङ्खनो ११ वर्Èे जीवनमा धेरै नेपालीलाई सहयोग गरेको छ । सन् २००५ जुलाईमा स्थापना भएको ‘अधिकार’ ले हरेक वर्È सयौं नेपालीलाई स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क ट्याक्स, इमिग्रेशन , श्रम अधिकार, दोभासे आदिका कार्यशाला, गोष्ठी एवं तालिम संचालन गर्दै आएको छ । यही अधिकारका प्रमुख सारथी हुन् लुना रंजित ।

३९ वर्षीय लुनाले सृजना श्रेष्ठ, रश्मी श्रेष्ठ, ताफाद्जा पासिपान्डोया लगायतसंग मिलेर स्थापना गरेको संस्था हो अधिकार । उनी अधिकारकी सहसंस्थापिका हुन् । उनले अमेरिकाको ग्रिनेल कलेजबाट अर्थशास्त्र र विकाश अध्ययनमा स्नातक गरेकी हुन् भने प्रिन्सटन युनिभर्सिटीको वुड्रो विल्सन स्कुलबाट पब्लिक एण्ड एन्टरनेशनल अफयेर्समा स्नातकोत्तर गरेकी हुन् । सन् १९९६ मा ग्रिनेल कलेजमा अध्ययनका लागि अमेरिका आएकी हुन् लुना । उनले सन् १९९६ देखि २००० सम्म ग्रिनेल कलेजमा अध्ययन गरिन् भने त्यसपछि सन् २००२ देखि सन् २००४ सम्म प्रिन्स्टन युनिभर्सिर्टीमा ।

काठमाडौंमा जन्मिएका लुनाले अर्थशात्र र गणितमा नेपालको बुढानिलकण्ठ स्कुलबाट ए लेभलको अध्ययन गरेकी थिइन् । सन् १९८२ देखि काठमाडौंको सेन्ट मेरी हाइ स्कुलमा अध्ययन सुरु गरेकी लुनाले सोही स्कुलबाट सन् १९९३ मा एसएलसी पास गरेकी हुन् । अध्ययन सकेपछि उनले आफ्नो समय सामाजिक कार्यका खर्चन थालेकी हुन् ।

अधिकारमा आवद्ध हुनेताका उनले सन् २००५ मा एचआईभी एड्स सम्बन्धि संस्थामा काम गरिन् । त्यो भन्दा अगाडि उनले दक्षिण एसियाका कामदारहरुको संस्था आन्दोलनमा अभियान संयोजक भएर काम गरिन । उनले आन्दोलनमा सन् २००४ देखि सन् २००५ सम्म काम गरेकी हुन् । त्यो भन्दा अगाडि सन् २००० देखि सन् २००२ सम्म उनले शैक्षिक विकाश प्रतिष्ठानमा प्रोग्राम एसोसियटका रुपमा काम गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com