भेरी अञ्चल अस्पतालको लाहपरबाही कारण युवतीको दुवै मिर्गौला फेल


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

माघ ६, नेपालगन्ज । भेरी अञ्चल अस्पतालको लापरबाहीका कारण बर्दिया सोरहवाकी २२ वर्षीया रुमा थारुको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

महिनावारी गडबडी भएर अत्यधिक रक्तश्रावका कारण उनी गत पुस २१ मा भेरी अञ्चल अस्पताल भर्ना भएकी थिइन्। उपचारका क्रममा फरक समूहको रगत चढाउँदा उनको दुइटै मिर्गौलामा गम्भीर समस्या देखा परेको छ।

यसरी भयो दुर्घटना
रुमालाई ‘ओ पोजिटिभ’ रगत आवश्यक थियो भने शिक्षण अस्पातल नेपालगन्जमा भर्ना भएकी अर्की बिरामी रुपा बोहरालाई ‘बी पोजिटिभ’ रगत चाहिएको थियो। संयोगवश दुवै बिरामी एकैपल्ट रगत लिन ब्लड बैंक पुगे। त्यहाँका कर्मचारीले दुवै बिरामीका आफन्तलाई ब्लडको पोका दिएर पठाए।

ब्लड दिने कर्मचारी तथा बिरामीका आफन्तबीच दोहोरो कुराकानी हुन नसकेका कारण साटिएर ब्लडको पोका एकअर्काकोमा परेको ब्लड बैंकका प्रमुख उपेन्द्र रेग्मीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्लडको पोका साटिनु गम्भीर त्रुटि भएका कारण बैंकको ड्युटीमा रहेका कर्मचारी होम गिरीमाथि छानबिन भइरहेको रेग्मीले बताए।

ब्लडको पोको लिएर बिरामीका आफन्तले अस्पताल कर्मचारीलाई दिएका थिए। शिक्षण अस्पतालका कर्मचारीले भने ब्लडको पोका फरक परेको थाहा पाए र बैंकमै फिर्ता पठाए। तर भेरी अञ्चल अस्पतालका नर्सले त्यही पोको जाँच नगरी बिरामीलाई चढाइदिइन्। जसका कारण रुमाको दुवै मिर्गौलामा समस्या देखियो।

अस्पतालले घटना लुकाउँदा झन् समस्या
रुमाको दुवै मिर्गौला फेल भएपछि पुस २३ गतेदेखि नै भेरी अञ्चल अस्पतालको आइसियुमा भर्ना गरी डाइलासिस थालिएको थियो।

असावधानीका कारण रुमाको मिर्गौला फेल भएपछि अस्पतालले सो घटना लुकाएको थियो। र, अस्पताल प्रशासनले उनको निस्शुल्क उपचार गर्दै आएको थियो।

रुमा गाइने वार्डकी बिरामी भए पनि अस्पतालका फिजिसियनहरुले तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गरेर थप उपचारको व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई सुझाव दिएको बुझिएको छ। तर प्रशासनले घटनालाई गुपचुप राख्न खोजेका कारण रुमाको समस्या झनै जटिल बनेको हो।

घटनालाई लिएर जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारु, बार बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी लगायतको टोलीले बिहीबार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

थप उपचारका लागि काठमाडौं
मिर्गौलामा समस्या देखिनेबित्तिकै रुमामा मुख सुन्निने, सहन नसक्ने गरी पेट दुख्ने जस्ता समस्या देखिएको थियो। त्यसपछि अस्पतालले आफ्नै खर्चमा थप उपचारका लागि अस्पातलका फिजिसियन डा खगेन्द्र शाह नेतृत्वको टोलीले रुमालाई काठमाडौंको वीर अस्पताल लगिएको छ।

अस्पतालका मेसु डा। कृष्ण आचार्य यसो भन्छन् स्
ब्लड चढाउँदा दुई पटक चेक गरेर चढाउनुपर्छ। तर ड्युटीमा रहेका कर्मचारीको असावधानीले फरक समूहको रगत बिरामीलाई चढाइएछ।

रगत चढाइएको केही समयपछि रुमाको शरीरमा एलर्जी देखियो। त्यसपछि मात्रै ड्युटीमा रहेका नर्सहरुले फरक समूहको गत चढाइएको चाल पाए। त्यो घटना थाहा पाउनेबित्तिकै हामीले बिरामीलाई आइसियुमा भर्ना गरेर हरसम्भव प्रयास गरेका हौं।

चिकित्सकले दिएको प्रेसक्रिप्सन भन्दा फरक समूहको बिरामीलाई रगत चढाउने स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com