सरकारले आइतबारदेखि क्यान्सरका बिरामीको तथ्यांक संकलन गर्दै


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

 

काठमाडौं, माघ ५ । नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ ।

सरकारका कुनै पनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।

परिषद्का कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले क्यान्सरका बिरामीलाई उपचारका लागि दिँदै आइरहेको १ लाख र सरकारले हालसालै निर्णय गरेको मासिक ५ हजार रुपैयाँ सहयोग दिने व्यवस्था अझ प्रभावकारी बनाउन पनि तथ्यांक संकलनले सहयोग पुर्‍याउने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका र नगरपालिकामा सहयोगका लागि जानेमार्फत् तथ्यांक र सूचना लिइने डा. झाले जानकारी दिए ।

सन् २००३ देखि स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिकरुपमा बीपी कोइराला क्यान्सर अस्पतालबाट विवरण संकलन थालेको थियो ।

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन गर्ने भन्नेमा परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा पाँचजना कर्मचारीलाई तालिम लिनसमेत पठाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com