कंगो नदी छेउमा जीवन : आमा र बच्चाको जीवन दर बढाउदै (फोटो फिचर)


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

प्रजातान्त्रिक गणतन्त्र कंगोको शोपो प्रान्तको दुर्गम क्षेत्रको नदीको तल किशांगनीमा रोकथाम गर्न सकिने रोगको पनि उपचार नपाएका कारण बाल मृत्यु र मातृ मृत्युदर एकदमै धेरै छ । अहिले एउटा स्वास्थ्य कार्यकर्ता तालिम कार्यक्रमले महत्वपूर्ण स्वास्थ्य सेवामा पहुँच बृद्विको उद्देस्य लिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोे किशांगनीको एक उपेक्षित मीसनरी अस्पतालमा मलेरीयाबाट पीडित एक महिला र जुम्ल्याहा मध्य एक बच्चा पल्टदै । यो अस्पताल सन् २००८ सम्म ब्रिटिश ननहरूको सहयोगमा चलेको थियो । तर त्यसपछि जीर्णावस्थामा पुग्यो र न्यूनतम सेवाहरूमात्र प्रदान गर्दछ । अहिले यूएसएडको आर्थिक सहयोगमा संचालित मातृ तथा बाल उत्तर जीवन कार्यक्रम (MCSP) ले यस क्षेत्रमा सेवा सुधारको लागि स्वास्थ्यकर्मीलाई अत्यावश्यक चिकित्सा तालिम र औषधी प्रदान गर्ने गरिरहेको छ ।

बसेलो मेनमा प्यासेन्स अस्पतालकी सुडेनी हुन् । उनले भिक्षुणीहरूबाट तालिम लिइन् । टोस्पो प्रान्तको उत्तर पूर्वमा जन स्वास्थ्य सेवामा लगानी एकदमै न्यून छ । तर प्यासेन्सले MCSP अन्तर्गत अगाडिका तालिमहरू लिएकी छन्, जुन जेएसआइ अनुसन्धान तथा तालिम संस्थाले कार्यान्वयनमा ल्याएको छ ।

साइली डाइडन जो सामुदायिक जनस्वास्थ्य स्थल म्यानेजरको रुपमा तालिम प्राप्त छन् र स्थानीय प्रमुख पनि हुन् । किसान्गनीको एक नयाँ स्वास्थ्य क्लिनीकमा एक आमासँग परामर्श गर्दै, जस्को बच्चालाई खोकी लागेको छ । डाइडन पाँच बर्ष मुनिका बाल बालिकाहरू जो सजिलै उपचार गर्न सकिने अवस्थाबाट पीडित छन् । जस्तै निमोनिया र झाडापखाला, तिनीहरूलाई आधारभूत औषधि उपचार गर्नका लागि तालिम प्राप्त छन् ।

एक किशोरी टोश्पो प्रान्तको इसांगी शहरको मुख्य डुंगा बन्दरगाहमा सांघुरो डुंगामा बस्छिन् । मानिसहरू प्रायजसो आधारभूत स्वास्थ्य सेवा वा बच्चा जन्माउन यहि सांघुरो डुंगा मार्फत यात्रा गर्नुपर्छ । यस क्षेत्रमा शिशु मृत्युदर उच्च रहेको छ ।

बासम्वली बोलेस इसांगी नजिकैको गाउँ यातुतुमा आफ्ना चार सन्तानसँग । उनका दश सन्तान मध्य चार उपचारको अभावमा मरे । तिनिहरूको मृत्यु झाडापखाला र मलेरियाबाट भएको थियो । किनभने आधारभूत स्याहारका लागि त्यहाँ कुनै स्थानीय जनस्वास्थ्य सेवा थिएन । अहिले यस क्षेत्रमा दुई जना सामुदायिक सदस्यको संचालनमा पाँच बर्ष मुनिका बालबालिका उपचार गर्न अत्यावश्यक औषधिसहित एउटा उपचार केन्द्र स्थापना भएको छ ।

बाटी वोवुवेला यातुतुको स्वास्थ्य उपचार केन्द्रमा महिलाहरूलाई तिनिहरूका बालबालिकालाई बिरामी हुनबाट बचाउन कसरी सहयोग गर्ने भनेर देखाउँछन । त्यहाँको नजिकको मुख्य स्वास्थ्य उपचार केन्द्र आठ घण्टाको डुंगा यात्राको दुरीमा छ । त्यसैले स्वास्थ्य उपचार केन्द्र खुल्नुको अर्थ अझ धेरै आमाहरू तिनिहरूका बच्चाहरूको उपचारमा पहँुचका लागी सक्षम भए । सन् २०१७ जनवरी देखि १३७,००० भन्दा धेरै बच्चाहरूले एमसिएसपिद्वारा संचालित स्वास्थ्य केन्द्रबाट उपचार पाएका छन् ।

इसांगीको स्वास्थ्य संस्थामा मलेरियाको उपचारार्थ एक किशोरी बिछ्यौनामा पल्टदै । यस क्षेत्रमा अझ धेरै लगानीको जरुरत छ । ताकी मानिसहरूलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचका लागि लामो दुरीको यात्रा गर्न नपरोस् ।

इसांगी नजिकैको एक स्वास्थ्य केन्द्रमा मानिसहरूलाई डुंगामा लिएर जाँदै एक मानिस । एकदम कम उपकरणको सुविधा भएको क्लिनीकमा यसरी लामो यात्रा गरेर जाँदा मानिसहरू प्रायजसो लामो लाइन र औषधिको अभाव भोग्छन् ।

इसांगी नजिकैको क्लिनिकमा इतुंगाले आफ्नी नवजात नातिनीलाइ नुहाइदिन्छन् । छेउबाट बच्चाकी आमा अवाताकीले हेरिन् । यो क्षेत्रका धेरै स्वास्थ्य संस्थाहरू मध्य यो एक हो, जहाँका कर्मचारीलाई पानी र स्वच्छताको तालिम दिइएको छ । अहिले यहाँ पानीको धारा पनि छ । अवाताकी भन्छिन सफा भएको कारणले बच्चा जन्माउनका लागि उनी यहि अस्पताल आइन् । यस ठाउँको वरपर १० मध्य एक बालबालिका पाँचौ जन्मदिन मनाउँनु अगावै मर्छन् ।

साभार : द गार्जिएन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com