प्रदूषणबाट मुक्ति पाउन चीनले बनायो अग्लो टावर


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

 

माघ ३, काठमाडौं । चीनले संसारको सबभन्दा अग्लो एयर प्युरिफायर टावर बनाएको छ । यसको उचाइँ ३३० फीट छ ।

चीनको राजधानी बेइजिङ संसारको सबभन्दा प्रदूषित शहरमध्ये एक हो । त्यहाँ हरेक वर्ष धूवाँ र धूलोका कारण मानिसहरूको मृत्यु हुने गरेको छ । हरेक व्यक्तिको शरीरमा दिनदिनै २१ चुरोटबराबरको धूवाँ छिर्ने गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो टावर झियानमा लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाइनिज एकेडमी अफ साइन्समा भएको इन्स्टिच्युट अफ अर्थ इन्भायरनमेन्टका वैज्ञानिकहरू यो टावरको परीक्षण गरिरहेका छन् ।

अनुसन्धान प्रमुख काओ जुंजीले टावर लगाएपछि १० किलोमिटर नजिक केही महिनायता हावाको गुणस्तरमा सुधार आएको छ ।

टावरले करिब एक करोड क्युबिक मिटर हावा सफा गरिसकेको छ ।

ग्रीन हाउसेजमार्फत यसले काम गर्छ । ती ग्रीन हाउसेज बेसमा फूटबल मैदानभन्दा आधी क्षेत्रफलमा फैलिएका छन् ।

जुंजीका अनुसार, शहरमा प्रदूषणको स्तर क्रिटिकल क्याटेगोरी हुँदा टावरनजिकको हावा मोडरेट स्टेजमा थियो ।

यो परीक्षण अहिले शुरुवाती चरणमा रहेको र थप परीक्षण गर्न बाँकी रहेको पनि उनले बताए । यसको परिणामका बारेमा विस्तृत जानकारी मार्च महिनामा दिइनेछ ।

जुंजीका अनुसार, पूर्ण कदको टावर ५०० मिटर अग्लो हुनेछ र यसको चौडाइ २०० मिटर हुनेछ । यसलाई बनाउनका लागि सन् २०१४ मा पेटेन्ट एप्लिकेसन दिइएको थियो ।

एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com