कोशी अञ्चल अस्पतालले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

माघ ३,पथरी, मोरङ । कोशी अञ्चल अस्पताल, विराटनगरले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ।

कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो । अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट चिकित्सक रोशन पोखरेलको भनाइ छ। अहिले अस्पतालले फिजिसियन चिकित्सकमार्फत मुटुरोगको सेवा उपलब्ध गराउँदै आएको छ।

अस्पतालले मुटुरोगको सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन इको कार्डियोग्राफी मेशिनसमेत सञ्चालनमा ल्याउने भएको छ । करिब रु ५० लाखमा खरिद गरेको सो उपकरणमार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न लागेको मेडिकल सुपरिन्टेन्डेन्ट डा पोखरेलको भनाइ छ।

मुटुरोगसम्बन्धी जटिल प्रकारका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेकोमा उक्त सेवा सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी सबै प्रकारका बिरामीले कोशी अञ्चल अस्पतालबाट सेवा पाउने जनाइएको छ।

अस्पतालले एकजना विशेषज्ञ चिकित्सकमार्फत हप्ताको तीन दिन ओपिडी ९बहिरंग विभाग० मार्फत तथा तीन दिन इको गरेर सेवा प्रदान गर्न लागेको हो । सेवाका लागि अस्पतालले करार विशेषज्ञ चिकित्सकको समेत व्यवस्था मिलाएको छ। रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com