युवा नर्सहरुको अगुवाइमा बुधबार १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

माघ २, काठमाडौं– युवा नर्सहरुको संगठन वाई नानको आव्हानमा बुधवार माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । एक हप्तादेखि कार्यरत अस्पताहरुमा आन्दोलन गरिरहेका उनीहरुले त्यसको सुनुवाई नभएको भन्दै सडकैमा आउने निर्णय लिएका हुन्।

नर्स विमला धमलाका अनुसार दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर र्‍याली सुरु गरिनेछ । माइतीघरबाट वानेश्वर हुँदै फेरि माइतीघर पुगेर र्‍याली कोणसभामा परिणत हुनेछ । ७४ हजार नर्सहरु विभेद र शोषणमा रहेको भन्दै नर्सहरुआन्दोलित भएका हुन्।

११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन्। उनीहरुले दुई दिनदेखि तीन घन्टा ड्युटी छाडेर आन्दोलन गरिरहेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागूलगायत ११ वटा माग छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com