रौतहट बम विस्फोटका घाइते आमाछोराको अस्पतालमा बिचल्ली, उपचार खर्च तिर्न सकेनन्


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

पुस २९, रौतहट– बम विस्फोटमा घाइते भएका रौतहटका आमा र छोराले उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा समस्यामा परेका छन्।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनीहरुले ५ लाख रुपैयाँभन्दा बढी रकम बुझाउन नसकेका हुन्। तीन लाखभन्दा बढी रकम बिल भएपछि अस्पतालले औषधोपचार रोके पनि उनीहरुले हारगुहार गरेपछि उपचार सुरु गरिएको थियो। अहिले पाँच लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने भइसकेको छ।

खाना खाएको पैसा मात्रै क्यान्टिनमा ५० हजारभन्दा बढी बाँकी रहेको उनीहरुको भनाइ छ। अस्पतालले डिस्चार्ज गर्ने भने पनि तिर्ने रकम नहुँदा उनीहरु घर आउन पाएका छैनन्।

गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका ५ मा नेकपा एमालेले आयोजना गरेको वडा भेलामा बम विस्फोट हुँदा चन्द्रपुर ५ की ३५ वर्षीया सरिता राई र उनका ७ वर्षीय छोरा जैविक घाइते भएका थिए। सरिताको एउटा खुट्टा काटिएको छ भने छोराको हात र खुट्टामा गम्भीर चोट लागेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मजदुरी गरेर परिवार पाल्दै आएकी सरिताले विस्फोटका कारण खुट्टा गुमाएर हप्तौं अस्पताल बस्नुपर्दा घरमा भएका छोराछोरीको बिचल्ली भएको छ। उनका श्रीमान् कृष्ण रार्इ समेत पहिलेदेखि नै बिरामी भएकाले कमाएर ल्याउन नसक्ने अवस्थामा रहेको स्थानीय छिमेकी बताउँछन्।

चुनावअघि चितवन पुगेका एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले उपचारका लागि आर्थिक अभाव हुन नदिने आश्वासन दिएका थिए।

कमाउने आमा अस्पतालमा हुँदा घरमा दुई भाइबहिनीलाई खुवाउन समेत गाह्रो परेको सरिताकी छोरी शान्तिले दुखेसो पोखिन्।

चन्द्रपुर नगरपालिका ५ मा सात धुर घडेरीमा सानो घर बनाउँदै गरेकी सरिता विस्फोटमा परेपछि घर निर्माण अलपत्र परेको छ। उनको परिवार एउटा सानो कोठा भाडामा लिएर बस्दै आएका छन्।

रौतहट क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद देवप्रसाद तिमल्सेनाले घाइतेको उपचार खर्च जुटाउन पहल गर्ने र पीडित परिवारलाई खाने–बस्ने व्यवस्थाका लागि सरकारसँग माग गर्ने बताएका छन्।

यस्तै, पूर्व सांसद रामकुमार भट्टराईले पीडितहरुलाई १० लाख राहत उपलब्ध गराउन गृह मन्त्रालयमा कागजात बुझाइए पनि रकम निकासा नभएको बताएका छन्। केही दिनमा राहत रकम निकासा हुने आश्वासन गृह सचिवले दिएको उनले जानकारी दिए ।
स्रोत ः स्वास्थ्य खबरपत्रिका

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com