Follow @khasokhasmag

कक्षा ११ का सबै विषयको परीक्षाफल सार्वजनिक


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

पुस २९, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ ।

बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार ३ लाख ४७ हजार ७४८ जना परीक्षार्थी सहभागी परीक्षामा ७४ परीक्षार्थीको परीक्षा रद्द तथा एक जनाको स्थगित गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

९० देखि एक सयसम्म ल्याउनेको विषयको ग्रेड ‘ए प्लस’ हुनेछ । त्यसैगरी, ८० देखि ८९ सम्म ल्याउनेको ‘ए’, ७० देखि ७९ अंक ल्याउनेको ‘बी प्लस’, ६० देखि ६९ सम्मको ‘बी’, ५० देखि ५९ अंक ल्याउनेको ‘सी प्लस’, ४० देखि ४९ सम्म अंक ल्याउनेको ‘सी’, ३० देखि ३९ सम्मको ‘डी प्लस’, २० देखि २९ अंक ल्याउनेको ‘डी’ र ० देखि १९ अंक आउने विषयको ग्रेड ‘इ’ हुने बोर्डले जनाएको छ ।

‘डी प्लस’ वा त्यो भन्दा मुनी कुनै एक विषय हुने विद्यार्थीले आगामी माघ २७ गते ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com