हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ । रोमान्टिक थिममा तयार पारिएको सार्वजनिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।