अनाथ बालबालिकाको उपचार निःशुल्क


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

 

पुस २५, गौर । रौतहटको गरुडामा रहेको अनाथलयमा एक चिकित्सकले सात वर्षदेखि निशुल्क उपचार सेवा दिँदै आएका छन्। गरुडा नगरपालिका ४ मा रहेको बंशिराम जयसवाल अनाथलयमा चिकित्सक रामभरोस प्रसादले सात वर्षदेखि अनाथालयका बालबालिका तथा सञ्चालक र व्यवस्थापकको निशुल्क उपचार गर्दै आएका छन्।

गरुडामा रहेको अनामिका अस्पताल प्रालिका चिकित्सक प्रसादले अनाथलयमा रहेका ३० जना भन्दाबढी बालबालिकाको नियमितरुपमा निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन्। अनाथलयका सञ्चालक ८४ वर्षीय बंशिराम जयसवाल वृद्ध भएका कारण बिरामी भइरहने हुँदा उनको उपचार तथा स्वास्थ्य परीक्षणमा डा।प्रसाद सक्रिय छन्।

अनामिका अस्पतालले अनाथ बालबालिकाको निशुल्क उपचार गर्दै आएको अनाथलयका व्यवस्थापक हृदयप्रसाद कुश्वाहले बताए। व्यवस्थापक कुश्वाहले भने,जाडो मौषममा बालबालिका बढी बिरामी हुने गरेका छन्, अस्पतालले निशुल्क उपचार गरिदिएर ठूलो सहयोग गरेको छ। चन्दा र दानबाट संचालन हुँदै आएको अनाथालयमा रहेका बालबालिकालाई खान, बस्न र पढ्न पुगे पनि उपचार खर्च अभाव हुने गरेकोमा अस्पतालले निशुल्क सेवा दिएर सहयोग गरेको गरुडाका सामाजिक अभियन्ता संजय साहले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा।प्रसादले बेलाबेलामा अनाथलयमा नै पुगेर बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधी दिने गरेका छन्। जाडोको मौषममा अनाथलयका बालबालिकामा रुघाखोकी, ज्वरो आउने समस्या बढी रहेको उनको भनाइ छ।आमाबाबु नभएका बालबालिकालाई पालन पोषणदेखि शिक्षासमेत दिइरहेको अनाथलयलाई थौरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको डा।प्रसादले बताए।

८४ वर्षीय वृद्ध जयसवालले करोडौ मुल्य पर्ने जमिनमा अनाथलय संचालन गरेका हुन्। २०५७ सालमा स्थापना भएको उक्त अनाथलयबाट आमाबुवा नभएका दुई सय ७० भन्दा बढीले एसएलसी उतिर्ण गरिसकेका छन्। ५० जनाभन्दा बढीले उच्च शिक्षा हांसिल गरी विभिन्न क्षेत्रमा कार्यरत छन्। अहिले अनाथलयमा ३० जना बालबालिका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com