डा. केसी सर्वोच्च अदालतमा


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्‍याइएको छ । केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ ।

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्‍याइएको छ ।
केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ । उनीसँगै कानुन व्यवसायी सुरेन्द्र भण्डारी मुद्दा महाशाखामा उपस्थित छन् ।
केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको हो ।
सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साढे ९ बजे अदालत आए पनि पेसी सूची सार्वजनिक भएको छैन ।
सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।
केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com