मंगलबार नर्सहरुको उपत्यका भेला, बुधवारदेखि कडा आन्दोलनमा उत्रिने तयारी


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

 

पुस २४, काठमाडौं– नर्सहरुमाथि भएको शोषण र अन्यायविरुद्ध नेपाल नर्सिङ संघले कडा आन्दोलनको घोषणा गर्ने भएको छ। आन्दोलनको तयारीका लागि मंगलबार उपत्यका भेला आयोजना गरिएको छ।

उपत्यका भेलासँगै आन्दोलन घोषणाको लागि पत्रकार सम्मेलन बोलाइएको छ। मानव अंग प्रत्यारोपण केन्द्रले नर्सहरुमाथि गरेको श्रम शोषण, विभेद र अन्यापूर्ण निष्काशन विरुद्ध एक सातायता उनीहरुले संघर्ष गरिरहेका छन्।

नर्सहरुको समस्यालाई किनारा लाउन स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरे पनि निष्पक्ष निर्णय हुनेमा आशंका भएकाले आन्दोलनको तयारी गरिएको संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । उनले भनिन् ‘आज ९सोमवार० पनि स्वास्थ्य मन्त्रालयमा छानविन कमिटीको बैठक बोलाइएको थियो । तर, बैठकमा पीडितलाई न्याय दिलाउने विषयमा सकारात्मक संकेत देखिएन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही विषयमा छलफल गर्न मंगलबार ११ बजे पनि मन्त्रालयले बैठक बोलाएको छ । कार्यवाहक अध्यक्ष थापाले उक्त बैठकबाट पीडितका पक्षमा निर्णय भएमा त्यसबारे भेलामा जानकारी दिएर आगामी रणनीति बनाइने र नभएमा आन्दोलन घोषणा गरिने बताइन्।

संघका पदाधिकारीहरुबीच आन्दोलनका स्वरुपका विषयमा छलफल भइरहेको बताउँदै उनले भेलाले अनुमोदन गरेपछि त्यही अनुसार संघर्षमा उत्रिने बताइन्।

संघले यो प्रकरणलाई मानव अंग भएको एउटा घटनाका रुपमा नलिइ समग्र नर्समाथि हुने अन्यायको प्रवृत्तिका रुपमा लिएको छ। ‘देशभरकै अस्पतालमा नर्समाथि हुने श्रम शोषण, शारिरिक तथा मानसिक हिंसा, विभेद र अन्यायपूर्ण तरिकाले रोजगारीबाट हटाउने प्रवृत्ति विरुद्धको लडाइँ यहाँबाट सुरु भएको हो । हामीले यसलाई प्रतिनिधि घटनाका रुपमा लिएका छौं,’ अध्यक्ष थापाले भनिन्।
स्रोत,  स्वास्थ्य खबरपत्रिका

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com