टक अफ द टाउन युएसए अब हरेक मंगलबार


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

केही समयदेखि अबरुद्ध टेलिभिजन कार्यक्रम टक अफ द टाउन युएसएको प्रशारण आरम्भ भएको छ । अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा अमेरिकामा छायांकन र नेपालको एबीसी टेलिभिजनबाट प्रशारण हुँदै आएको यो कार्यक्रम अबदेखि हरेक मंगलबार बेलुका साढे ७ बजे प्रशारण हुनेछ । यसअघि कार्यक्रम टक अफ द टाउन सोमबार बेलुका प्रशारण हुँदै आएको थियो ।

गत बर्ष रिलिज गरिएको टक अफ द टाउन युएसएको प्रोमो


सन् २००८ बाट नेपालको एबीसी टेलिभिजनमा प्रशारण हुँदै आएको यो कार्यक्रम सन् २०११ देखि टक अफ द टाउन युएसएको नामबाट अमेरिकाबाट प्रशारण हुन थालेको थियो । केहीसमय ह्वाइट हिमाल टेलिभिजनसँगको सहकार्यमा प्रशारित यो कार्यक्रम सन् २०१२ को अन्त्यपछि अबरुद्ध भएको थियो । त्यसपछि सन् २०१५ को अक्टोबरबाट प्रशारण हुन थालेको यो कार्यक्रम सन् २०१६ को जुनसम्म प्रशारण भएको थियो । प्राविधिक कारणले जुनदेखि अगस्तसम्म रोकिएको यो कार्यक्रम सेप्टेम्बरबाट प्रशारण आरम्भ भएको छ ।

पाँच बर्ष अगाडि रिलिज गरिएको टक अफ द टाउन युएसएको प्रोमो


विशेषगरी अमेरिका र अमेरिकामा रहेका नेपालीहरुका सन्दर्भमा केन्द्रीत रहने यो कार्यक्रमका संचालक पत्रकार किशोर पन्थी हुन् । पत्रकार पन्थी यस खसोखास साप्ताहिकका प्रधानसम्पादक समेत हुन् । यो कार्यक्रमका अधिकांश भागहरु अमेरिकामा नै छायांकन हुँदै आएका छन् ।

टक अफ द टाउन युएसए छायांकनका क्रममा खिचिएका केही तस्विरहरु । 

1606952_1498914687076777_9083251429779373019_n 1923898_1521787361456176_4647880463503704437_n 11226913_1489941411307438_2785102923237227868_n 12108729_1481052705529642_1174442885026854339_n 12321220_1521824338119145_7401527387633948177_n 12541071_1505737943061118_1883210925044123606_n 12552931_1505737969727782_7262015362669954422_n 12631516_1505737933061119_8017262172230050352_n 12644921_1505737939727785_8871459072110792972_n

screen-shot-2016-01-26-at-6-06-34-pm

tulsi-dharel-kishor-panthi

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com