संसारको सबभन्दा महँगो मुद्रा


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

पुस २३, काठमाडौं । संसारको सबभन्दा महँगो मुद्रा कुवेती दिनार हो । यसको मूल्यको कुरा गर्दा एक कुवेती दिनारको ३३७ रुपैयाँ पर्छ ।

दोस्रो नम्बरमा बहराइनी दिनार पर्छ । एक बहराइनी दिनारको मूल्य २७० रुपैयाँ पर्छ ।

तेस्रो नम्बरमा ओमानी रियाल पर्छ । एक ओमानी रियालको २६३ रुपैयाँ पर्छ ।

तर यी सबै मुद्राभन्दा धेरै महँगो मुद्राको त कुरा गर्नै बाँकी छ ।

खासमा सबभन्दा महँगो करेन्सी बिटक्वाइन हो । यो कुनै देशको मुद्रा हैन, डिजिटल करेन्सी हो । यसको मूल्य अत्यन्तै महँगो छ । एक बिटक्वाइन किन्नका लागि एक लाख रुपैयाँभन्दा बढी पर्छ । यसलाई किन्न अर्बपतिहरूबीच होडबाजी छ ।

यो मुद्रा कुनै कानूनको दायरामा छैन । यसको प्रयोग बैंकरहित विनिमय, फन्ड ट्रान्स्फर, अनलाइन शपिङ, इन्टरनेट ट्रान्ज्याक्सन र गैरकानूनी ट्रान्ज्याक्सनका लागि हुन्छ ।

बिटक्वाइन कमाउने तरिका पनि अचम्मको छ । एउटा पजललाई अनलाइन समाधान गरेपछि बिटक्वाइन पाइन्छ तर कसैले चाहेमा पैसा तिरेर पनि यो डिजिटल करेन्सी किन्न सक्छ ।

एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com