चर्चित सामाजिक व्यक्तित्व श्री पराजुली : कास्कीदेखि अमेरिकासम्म


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

२०१८ सालमा पश्चिम नेपालको कास्कीमा सिद्ध गाविसमा जन्मेका श्री पराजुली न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व हुन् । ५ जना दाजुभाई मध्ये आफु कान्छो भाई भए पनि जीवन यात्रामा हिड्ने क्रममा आउने प्रतिस्पर्धामा कहिल्यै पनि कान्छो हुन मन परेन पराजुलीलाई । गाउकै बिश्व शान्ति हाई स्कुलमा हुने बिभिन्न प्रतिस्पर्धामा समेत अग्रस्थानमा आउने गरेका पराजुलीले एसएलसीसम्म गाउकै बिद्यालयमा पढेपनि क्याम्पस जिवनको शुरुवात भने पोखराको पीएन क्याम्पसबाट गर्नुभयो । पीएनमा आईए पढ्दा नै अखिलको जिल्ला स्तरको राजनीति शुरु गरेका पराजुलीले बिए भने काठमाडौको त्रिचन्द्र क्याम्पसमा पढ्नुभयो । बीए पास गरिसेकेपछि त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरबाट एमएको अध्ययन गर्न लाग्नु भएका पराजुलीले एमए पुरा नगरि बीए, बीएडमै औपचारीक शिक्षालाई पुर्ण बिराम लगाईदिनुभयो ।

क्याम्पस जिवनमा नै साथीहरुको सहयोगी र विद्यार्थी नेताको रुपमा परीचित पराजुलीले सरासर क्याम्पस पढ्न भने पाउनुभएको थिएन । आईए सकेपछि आर्थिक रुपमा आफुलाई बलियो बनाउन दोलखामा पुगरे स्कुल पढाउने काममा लाग्नु भयो । केही समय स्कुल पढाए पछि बीए पढ्नुभएका पराजुलीले बीए पढेपछि अमेरिकन प्रोजेक्टमा काम गर्नुभयो । औपचारिक शिक्षालाई पुर्ण बिराम लगाएपछि २०४२ सालमा लम्जु¨की राजुदेबी पराजुलीसंग परम्परागत रुपमा लगनगांठो कस्नुभयो । बिहे गर्नु भन्दा पहिले सम्म पढाई र जागिरमा लागेका पराजुलीलाई बिहे पश्चात ब्यापार गर्ने मन लागेछ । त्यसैले बिहे भएको केहि समय पछि पोखरामा सुर्यमुखी नामको छापाखाना सुरु गर्नु भयो । करिब १० बर्ष सम्म छापाखाना चलाउदै कम्युनिष्टको जिल्ला स्तरको राजनीतिमा सकृय हुनुभयो पराजुली ।

13083122_10201608440649365_3294879506082847380_n

आर्थिक अवस्था उकास्न शुरु गरेको ब्यवसायले नै आर्थिक उन्नती गर्न नसकेपछि छापाखानाको ब्यवसायलाई बन्द गर्दै पराजुलीले साथीहरुलाई जम्मा गरेर पोखरामै पर्यटन सम्बन्धि प्रोजेक्ट संचालन गर्नुभयो । एग्रो टुरिजममा सक्रिय हुनुभएका पराजुलीले ब्यवसाय गर्दा पनि राजनीतिमा निकै चासो राख्ने र कम्युनिष्टहरुलाई सहयोग गर्ने गर्नुभयो । जिल्ला स्तरको कम्युनिष्ट नेता भएका पराजुलीलाई बहुदल आएपछि भने कम्युनिष्ट प्रति बितृष्णा लागेछ । “किन छोडियो नभनौं, कथा लामो छ, तर मलाई नेपाली माटोमा कम्युनिष्ट बिचार मन परेन” पराजुलीको भनाई छ । बहुदल अगाडि सम्म कम्युनिष्ट भएका पराजुली बहुदल आएपछि राप्रपा नेपालमा प्रबेश गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राप्रपा नेपालको कास्की जिल्ला सचिवमा लगातार १० बर्ष सम्म काम गरेका पराजुलीलाई २०५६ सालको संसदीय चुनावमा पार्टिले कास्कीबाट सांसदको टिकट पनि दिएको थियो तर आन्तरिक विवाद देखीएपछि अन्तीम समयमा सासंदको लागि दिएको नोमिनेसन फिर्ता लिनुभयो पराजुलीले ।

२०५६ को चुनाव सकिएको अर्काे साल अर्थात् सन् २००० सालमा पराजुली नेपाली राजनीति र ब्यवसायलाई छोडेर अमेरिका आउनुभयो । अमेरिकाको क्यालिफोर्निया राज्यमा १६ महिना सम्म बसेका पराजुलीले शुरुमा एक भारतीय रेष्टरेन्टमा प्लेट उठाउने काम गर्नुभयो । आफुलाई वेटर पनि नदिएर प्लेट उठाउने मात्र काम गर्न लगाएपछि पराजुलीले त्यसको केहि महिना पछि अर्काे अमेरिकन रेष्टुरेण्टमा काम गर्नुभयो । अमेरिकाकै प्रसिद्ध सिटोनेला रेष्टुरामा वेटरको काम पाएका पराजुलीले केहि समय भित्रै सबैजनालाई पछाडि पार्दै बेस्ट वेटर अवार्ड पाउन सफल हुनुभयो । १६ महिनाको क्यालिफोर्निया बसाई पश्चात २००३ सालमा न्युयोर्क छिर्नु भएका पराजुली सुरुदेखि नै रिजउड क्षेत्रमा बसोबास गर्न थाल्नुभयो । रिजउड समाज गठन भएदेखि नै उपसभापतिको जिम्मा लिनुभएको थियो पराजुलीले । न्युयोर्कमा आउनासाथ म्यानहटनको एउटा हार्डवेएर पसलमा म्यानेजरको काम पाएका पराजुलीले साहुनीको निकै माया पाउनुभएछ । उत्कृष्ट काम गरेको देखेर ‘परिवारलाई म्यानहाटनमै राख म तिमिलाई यतै अर्पाटमेन्ट दिन्छु’ भन्ने जस्ता साहुनीका कुरा सुनेपनि पराजुली त्यो काम नै छोडेर परिवारलाई रिजउडमा राख्नुभयो ।

12919908_10201496361607459_9082522804251785201_n

२००३ सालमा परिवार पनि आईसकेपछि दुई छोरा अनि श्रीमतिलाई साथमा लिएर अर्काे काममा लाग्नुभयो पराजुली । सेल्स सम्बन्धि ठुलो कम्पनीमा काम पाउनभएका पराजुली कम्पनीमा छिरेको केहि महिना पछि नै सबैभन्दा धेरै सेल्स गर्न सफल उत्कृष्ट सेल्स म्यानको अवार्ड पाउनुभयो । सेल्सम्यानको काम गर्दा गर्दै लाईम ब्रिज ईन्टरनेशनल नामक दोभाषे कम्पनीमा पार्ट टाईम पनि गर्न थाल्नुभयो । लाईसन्स प्राप्त नेपाली दोभाषे भएका पराजुलीले दोभाषेको काममा बिभिन्न अदालत, ईमीग्रेसन अफिस, जस्ता सरकारी अफीसमा मुद्दाहरुको दोभाषे गर्दा गर्दै थोमस मुनगोभन नामका अमेरिकन कानुन व्यवसायीको साथी बन्नुभयो । थोमस र आफुबीच सहकार्य गर्ने कुरा भए पछि २००८ सालदेखी दुई जनाको सहकार्यमा न्युयोर्कमा नै कानुनी कार्यालय संचालन गरीरहेका पराजुली हाल हप्तामा ५ दिन सम्म कानुनी कार्यालयमा ब्यस्त हुनुहुन्छ ।

अफिसमा काम गर्दा पनि समाजका गतिबिधीहरुलाई समय मिलाएर सहभागि हुन नछोड्ने पराजुलीलाई श्रीमतीले धेरै सहयोग गरेको अनुभब छ । समाजिक कामको दौडधुप र ब्यवसाय दुबैलाई एकसाथ लानुमा श्रीमतिको ठुलो हात छ । दुई कार्यकाल रिजउड नेपाली समाजको अध्यक्ष भइसकेपछि एनआरएन अमेरिकाको उपाध्यक्ष हुनुभएका पराजुलीले भविश्यमा नेपालमा नै गएर समाजसेवा या राजनीतिमा लाग्ने अठोट बोक्नु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com