“नेप्लिज” हैन “नेपाली”


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

-अनुज थापा

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले “नेप्लिज” भन्ने शब्दलाई हटाएर “नेपाली” नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् ।

संयुक्त राष्टसंघको ७१ औं महासभालाई आइतबार सम्बोधन गरेपश्चात नेपाल अमेरिकी पत्रकार संघ(नेजा)ले न्युयोर्क मै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदुतावास, कुटनीतिक निगोय, कन्सुलेट अफिसहरुलाई पनि मन्त्रालयले गरेको यस निर्णयबारे परिपत्र गरिसकेको बताए ।

“मैले भाषाविद्हरुसंग पनि यसबारे छलफल गरेको थिए, र उहांहरुले यो कुरा सहि भएको सल्लाह दिएपश्चात मैले यो निर्णय गरेको हुं,” उनले भने । “नेप्लिज भन्नुभन्दा नेपाली भन्दा ह्दय छुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

14470438_10154727637527122_3294253416843122164_n

मन्त्री महतले नेपाल सरकारले जारी गरेको हालको पासपोर्टमा “नेप्लिज” भएपनि अब नयां छापिने पासपोर्टमा “नेपाली” नै हुने जानकारी दिए ।

“अब एम. आर. पी. बाट पनि अर्काे पासपोर्टमा जाने कुरा भइरहेको छ, त्यो छाप्ने बेलामा “नेपाली” नै हुन्छ,” महतले भने ।

डा. महत गत महिना परराष्ट्रमन्त्रीको रुपमा बहाली भएपश्चात यो निर्णय गरेका हुन् ।

डा. महतसंगको छोटो कुराकानी सुन्न यहां क्लिक गर्नुहोस्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com