खुशीको खबर अमेरिकीका लागि भिसा नीति परिवर्तन, के के भयो परिवर्तन


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

पुस २०, काठमाडौं । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ ।

अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ । मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो।

पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम हुन सकेन। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको पुष्टी गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर)का लागि बहुप्रवेशी (मल्टीपल) अध्ययन भिसा जारी गर्नेछन्।

अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी भिसा पाउने छन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्ने छन्।

परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासका अधिकारीसँगको छलफलपछि पर्यटक भिसामा पनि एकरूपता कायम गर्न थप छलफल गर्नुपर्ने राय दिएको थियो। गृहले परराष्ट्रको रायबमोजिम नै प्रस्ताव पठाएपछि मन्त्रिपरिषद्ले पर्यटक भिसामा थप अध्ययन गर्नुपर्ने भन्दै अध्ययन, कामदार र पत्रकार भिसामा मात्र एकरूपता कायम गर्ने निर्णय गरेको हो।

गृहले परिवर्तित भिसा नीतिको निर्णय कार्यान्वयन गर्न/गराउन पुस १६ मा अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले अमेरिकीका लागि जारी हुने भिसासम्बन्धी निर्णय कार्यान्वयन भइसकेको बताए।

उनले भने, ‘जनवरी ३ देखि नै निर्णय कार्यान्वयन गरि सक्यौं ।’ अमेरिकी दूतावासले जनवरी २ सम्ममा आफ्नो प्रस्तावमा निर्णय गर्न समय दिएको थियो।

अमेरिकाले यसअघि अध्ययन भिसामा ३ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको बहुप्रवेशी भिसा दिने गरेको भए पनि नेपालले भने अमेरिकी नागरिकसँग स्नातकोत्तर अध्ययनका लागि १ वर्षको २ सय ५० र अन्य अध्ययनका लागि अध्ययन अवधिभरको ५ सय ८० अमेरिकी डलर भिसा शुल्क लिँदै आएको थियो।

अमेरिकाले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी श्रम भिसा दिने गरेको छ। नेपालले गैरसरकारी आयोजनाका कामदारका लागि १ वर्षको ३ सय ६०, सरकारी आयोजनामा प्रतिवर्ष २ सय ५० र अन्य आयोजनामा प्रतिवर्ष ३ सय ९० अमेरिकी डलर भिसा शुल्क लिने गरेको थियो।

सञ्चार (पत्रकार) भिसाका लागि अमेरिकाले १ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको भिसा दिने गरेको छ भने नेपालले १ सय ४० अमेरिकी डलरमा १ वर्षको बहुप्रवेशी भिसा जारी गर्दै आएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com