सिड्नीमा एकै साता तीन नेपालीको मृत्यु


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

 

पुस २०, अस्ट्रेलिया , सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्।

उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी प्रहरीले उनको आत्महत्या वा हत्या के हो त्यसबारे जानकारी दिएको छैन। पोष्टमार्टम पछि मात्र उनको बारेमा जानकारी आउने प्रहरीले राजदूतावासलाई बताएको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले सेतोपाटीलाई बताइन्।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन २०१४ जनवरी मा उच्च अध्यनको लागि डिप्लोमा अफ कमर्सको पाथ अवे अन्तगर्त ग्रिफीथ विश्वविद्यालयमा ब्याचलर अफ कमर्स पढ्न ब्रिसबेन आएकी अस्मीता हाल सिडनी सरेर पढदै थिइन्।

ब्रिज बिजनेस कलेजवाट सर्टिफीकेट फोर गरेपछि इलाइट कलेजमा पढ्दै गरेकी रिजालले पढाइ पुरा गरेको भने देखिदैन। काठमाडौं बबरमहलकी रिजाललाई सोमबार राति कोठामा मृत अवस्थामा भेटिएको खबर प्राप्त भएको नेपाली राजदूतावासले जनाएको छ। ‘हामीले मृतकको परिवारसँग सम्पर्क स्थापित गर्ने प्रयास गरेका छौ, त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्नेछौ,’ राजदूत शेर्पाले भनिन्।

यसैबीच गत शुक्रबार सिड्नी विमानस्थलमा छोरी भेट्न आएकी नेपाली अभिभावक देवी कुमारी अधिकारीको बिमानस्थलमा मृत्यु भएको छ। छोरीको ग्राजुएसनको लागि भेट्न आएकी अभिभावक अधिकारीको बिमानस्थलमै स्ट्रोकका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

उनको शवलाई ग्लीवस्थित शवगृहमा राखिएको छ। उनको शव नेपाल लैजान प्रकृया अगाडि बढाइएको छ ।

यसै गरी न्युक्यासल क्षेत्रको सिंगलटनमा तृप्ती पाण्डे नाम गरेकी नेपाली महिला मृत अवस्थामा भेटिएकी छिन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । परिवारका साथ अस्ट्रेलिया बस्दै आएकी उनको दाहसंस्कार यतै गरिने भएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com