इरानबारे आपत्‌कालीन बैठक डाक्न माग


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

पुस १९, इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन्।

इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन्।

राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन्।

त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हास्यापद
सरकार विरोधी प्रदर्शन बारे छलफल गर्न अमेरिकाले राष्ट्र संघीय सुरक्षा परिषदलाई आग्रह गर्ने राजदूत हेलीले बताइन्।

उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन्।

सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं
निक्की हेली , अमेरिकी राजदूत
उनले भनिन्, सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ खासगरी विरोध गर्ने आफ्ना नागरिकको हत्या गर्ने लामो इतिहास बोकेको सरकार विरुद्ध त झन् चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं।

परिषद्ले शान्ति र सुरक्षामाथि अन्तर्राष्ट्रिय खतरामाथि छलफल गर्ने गर्छ तर अमेरिकाले चाहे जस्तो विषयमा परिषद सदस्यहरुबाट आवश्यक समर्थन प्राप्त होला कि नहोला भन्ने स्पष्ट छैन।

प्रदर्शन विदेशी तत्वको इशारामा भएको भन्ने तेहरानको दावीलाई अस्वीकार गर्दै हेलीले त्यसलाई हास्यास्पद भनिन् र विरोध स्वस्फूर्त रुपमा भइरहेको बताइन्।

इरानमा सरकार विरोधी प्रदर्शन छैठौं दिन पुगेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com