किम जोङ उनलाई ट्रम्पको जवाफः मसँग अझ शक्तिशाली परमाणु स्वीच छ


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङ उनलाई जवाफ दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसँग पनि छ । र मेरो वालाले काम पनि गर्छ ।’

यसअघि नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा नै हुने बताएका थिए ।

त्यसको दुई दिनपछि जवाफ दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ । उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com