२५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मियो बच्चा


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

 

भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ।

अमेरिकामा भने एउटा भ्रूणले २५ वर्षपछि बल्ल बच्चीका रूपमा जन्म लिएको छ।

सन् १९९२ अक्टोबरमा विकसित भ्रूणबाट डेढ महिनाअघि एक बच्चीको जन्म भएको हो। त्यो बच्चीको नाउँ हो, एम्मा ह्रेन गिब्सन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त भ्रूण २५ वर्ष ‘फ्रिज’ गरेर राखिएको थियो। टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार इतिहासमै यो सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रूण हो, जसले बच्चाको स्वरूप पाएको छ।

एम्मालाई जन्म दिने आमाको नाम टिना गिब्सन हो। उमेर हेर्ने हो भने टिना एम्माभन्दा एक वर्ष मात्र जेठी छिन्। ‘हामी सँगै जन्मिएका भए साथी हुने थियौं,’ २६ वर्षे टिनाले भनेकी छन्।

टिनाका श्रीमान बेन्जामिनबाट बच्चा नहुने भएपछि उनीहरूले फ्रिज गरिएको भ्रूण अपनाएका थिए। यो भ्रूण पुरुषको वीर्य र महिलाको डिम्ब संकलन गर्ने प्रयोगशालाबाट लिइएको हो। २५ वर्षसम्म यसलाई कसैले अपनाएका थिएनन्।

‘मलाई कुनै हालतमा बच्चा चाहिएको थियो,’ टिनाले भनेकी छन्, ‘रेकर्ड राख्छु भन्ने त मतलबै थिएन।’

‘एम्मा यतिका वर्ष फ्रिज भएर बसेकी भए पनि साह्रै राम्री छन्। स्वस्थ पनि,’ ३३ वर्षीय बेन्जामिनले भनेका छन्।

एम्माको तौल २ किलो ९ सय ग्राम छ भने २० इन्च अग्ली छिन्।

‘एम्मा हामीलाई ईश्वरले दिएका वरदान हुन्। हामी एकदमै खुसी छौं। भलै उनले हाम्रो जिन र डिनएनए नबोक्लिन्, उनीसँग हाम्रो अथाह प्रेम छ। उनी हाम्री छोरी हुन्,’ टिना र बेन्जामिनले भनेका छन्।

गत वर्ष मार्चमा ‘नेसनल इम्ब्रो डोनेसन सेन्टर’ ले टिनाको गर्भाशयमा यो भ्रूण प्रत्यारोपण गरेको थियो। लामो समय फ्रिज गरेर राखिएकाले यसलाई डाक्टरहरूले ‘हिउँ बच्चा’ नाम दिएका थिए।

 

एम्मा।
वर्षौंदेखि फ्रिज गरेर राखिएका तीन सयभन्दा बढी भ्रूणबाट गिब्सन दम्पतीले एउटा छानेका थिए।

अचेल फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउनु सामान्य भइसकेको छ। प्राकृतिक गर्भाधान नभई भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई ‘इन भिट्रो फर्टिलाइजेसन ९आइभिएफ०’ भनिन्छ। ‘आइभिएफ’ विधिबाट सबभन्दा पहिले सन् १९७८ मा लुइस ब्राउनको जन्म भएको थियो।

धेरै देशमा यस्तो प्रक्रियाको आलोचना भए पनि विज्ञहरू भ्रूणबाट जन्मने बच्चामा कुनै समस्या नहुने बताउँछन्।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सन् १९७४ मै विज्ञहरूको भनाइ उद्धृत गर्दै लेखेको थियो– ‘भविष्यमा प्रविधि विकाससँगै यसरी जन्मिने बच्चामा वंशाणुगत रोग नहुने, लिंग र आँखाको रङ छान्न सकिने, मानसिक क्षमता बढाउन सकिने ग्यारेन्टी हुनेछ।’

आइभिएफ विधिमा पहिले नयाँ भ्रूण सोझै गर्भाशयमा प्रत्यारोपण गरिन्थ्यो। फ्रिजमा राख्ने र निकालेर बच्चाको स्वरूप दिने विधि विकास गर्न भने चिकित्सकहरूलाई ६ वर्षभन्दा बढी लाग्यो।

फ्रिज गरिएको भ्रूणबाट पहिलो बच्चा सन् १९८४ मा अस्ट्रेलियामा जन्मिएको थियो। दुई महिना फ्रिजमा राखिएको भ्रूणबाट जन्मिएका बच्चा जो लेल्यान्ड हुन्। लेल्यान्डको जन्मपछि अमेरिका, बेलायत, इजरायल, नेदरल्यान्ड्स र पश्चिमी जर्मनीमा यसको व्यापक प्रयोग भयो। दुई वर्षमै दुई दर्जनभन्दा बढी बच्चा जन्मे।

 

यो विधिले बच्चा जन्माउने समय केही हदसम्म भए पनि नियन्त्रण गर्न मद्दत गर्यो। त्यसअघि भ्रूण तत्काल राख्नु वा फाल्नुको विकल्प थिएन। भ्रूण जोगाएर राखिरहन सकिने यो विधिले जुम्ल्याहा वा तिम्ल्याहाको सम्भावना कम गर्ने चिकित्सकको भनाइ छ। कुनै महिला शारीरिक र मानसिक रूपमा तयार भएपछि मात्र भ्रूण प्रत्यारोपण गरिन्छ।

यसलाई धेरैले ‘बच्चा डिजाइन’ गर्ने विधि पनि मानेका छन्। संसारभर लाखौं भ्रूण फ्रिज गरेर राखिएका छन्। तिनलाई तरल नाइट्रोजनको स–साना ट्यांकीमा राखिन्छ। कतिपय दम्पतीले पछि पाउने भनेर आफ्नै वीर्य र डिम्बको भ्रूण राख्ने गर्छन्। त्यस्ता दम्पतीको मृत्यु भए पनि भ्रूण सकुशल रहन्छ। भ्रूण कति समय रहन सक्छ भन्ने पनि कसैलाई यकिन हुँदैन।

सबभन्दा पुरानो भ्रूणबाट जन्मिने बच्चाको रेकर्ड एम्माभन्दा अघि न्यूयोर्कको एक बालकको थियो। त्यो भ्रूण २० वर्ष फ्रिज गरिएको थियो। त्यस्तै, न्यूयोर्ककी एक महिलाले १९ वर्ष फ्रिज गरिएको भ्रूणलाई जन्म दिएकी थिइन्।

प्रजनन् विज्ञ ब्यारी बेरले ‘साइन्टिफिक अमेरिकन’ लाई दिएको अन्तर्वार्तामा सैद्धान्तिक हिसाबले फ्रिज गरिएका भ्रूण सयदेखि दुई सय वर्ष रहन सक्ने बताएका थिए।

पछिल्ला २५ वर्षमा फ्रिज गरिएका भ्रूणबाट बच्चा जन्माउने विधिमा निकै बदलाव आइसकेको छ। प्रविधि विकाससँगै वैज्ञानिक र चिकित्सकले यसमा अझै सुधारको आशा गरेका छन्।
दी एटलान्टिक

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com