एउटा खुट्टाले साइकल चलाएर ३७ जिल्ला घुमे यमलाल


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

‘जिउने सहास गरे जीवन आनन्दायी छ’
शरीरका एक–दुई अंग नभएर के भो ? अन्य अंग त छन् नि ? जीवन अभ्यास हो । सकारात्मक अभ्यास गर्ने सहास गरी जिइ हेर जीवन सुन्दर बन्छ,’ यमलालले भने,‘म एक खुट्टाले ३७ जिल्ला घुमेको छु । सिलाई तालिम दिन्छु । जीवन खुसीले बाँचेको छु ।’

अमृत सुवेदी

एउटा भनाइ छ ‘जित्ने मान्छेले नकारात्मक घटनाबाट सकारात्मक बाटो पहिल्याउन सक्छ । हार्ने मान्छे चिन्ता पालेर बस्छ । मेरो सबै स्वाहा भयो, अब केही गर्न सक्तिन भनेर सोच्छ ।’ यमलाल रसाइलीले पनि आफूलाई कमजोर सोचेर बसेको भए अहिले घरमै थन्किएर बसेका हुन्थे । तर उनले कमजोरीलाई शक्तिमा बदले र पो अहिले नाम, दाम र शानको जीवन बाँचेका छन् । ३७ वर्षे यामलालको एउटा खुट्टा छैन । तर उनले एउटै खुट्टाले साइकलको पाइडल ठेलेर नेपालका ३७ जिल्ला घुमेका छन् । यतिमात्रै होइन उनले गाउँमै सिलाई दोकान चलाएका छन् । त्यस ठाउँकै नामी सिलाईकटाई मास्टर हुन् । उनले थुप्रै सांगलाई जीवन सिकाएका छन् ।

yamlal-pix-3
कौतुहलता लाग्ला यो कसरी सम्भव भयो ? मैले यही प्रश्न यमलाललाई गरें, ‘शरीरका एक–दुई अंग नभएर के भो ? अन्य अंग त छन् नि ? जीवन अभ्यास हो । सकारात्मक अभ्यास गर्ने सहास गरी जिइ हेर जीवन बडो सुन्दर र आनन्ददायी बन्छ, मैले आफैंबाट सिकेको यही हो’ यमलालले भने । ‘म एक खुट्टाले ३७ जिल्ला घुमेको छु । सिलाई पसल चलाएको छु । तालिम दिन्छु । जहान परिवार सुखमै राखेको छु । जीवन खुशीले बाँचेको छु ।’
यामलाल ४ वर्षको हुँदा खुट्टा भाँचिएछ । कैलालीको लम्की चुवाको गाउँ अहिलेजस्तो सचेत भइसकेको थिएन । धामीझाँक्री गरे ठिक हुन्छ भन्ने विश्वासभन्दा पनि अन्धविश्वास थियो । नभए काप्रो बाँधे निको हुन्छ भन्थे । गरिब र निम्न वर्गीय यामलालको परिवारले त्यसै गरे तर ठिक भएन । पछि सेती अञ्चल अस्पताल पु¥याउँदा पो थाहा भयो उनको खुट्टा कामै नलाग्ने भइसकेछ । यसरी उनको दायाँ खुट्टाको तिघ्रा मुनिको भाग काटियो ।

cycle-yamlal
बुझ्ने भएदेखि नै हिम्मतिला यामलाल साथीभाइ, परिवार, छरछिमेकको सहारामा हुर्कँदै १८/१९ वर्षको भइसकेका थिए । नेपाल अपांग संघबाट सिलाईकटाई तालिम लिए । प्रशिक्षकको काम पनि पाए । तर घरदेखि टाढा कोठा भाडामा लिएर बस्नुप¥यो । शुक्रबार परिवार भेट्न फर्कन गाडी चढ्नै लाग्दा यामलाललाई गाडीबाट खसालीदिए । साह्रै कमजोर रहेछु भन्ने यमलाललाई लाग्यो । ‘यो घटनाले मलाई नराम्रोसँग चिमट्यो । के गरौं कसो गरौं भयो । मन विक्षिप्त भयो,’ यामलालले भने, ‘त्यसैदिन एउटा निर्णय गरेँ । अब यसरी अरुको भर परेर हुँदैन आफैं आत्मनिर्भर हुनुपर्छ ।’
जीवनमा जित्नु छ, अरुभन्दा फरक हुनु छ भने दुखद् दिनबाट सुख्द दिनको सुरुवात गर भन्ने यामलालले त्यही घटनाबाट सिके । काकाको साइकल पसल थियो । यामलालले साइकल नै सिक्न थाले । ‘सुरुमा गाह्रो भयो । कति पछारिएँ तर लक्ष्य छोडिन्,’ यमलालले पुराना दिन सम्झे, ‘दुख भयो भनेर मैले बीचमै छाडेको भए अहिले यहाँ हुने थिइन् ।’

tour-de-pokhara
केही समयमा साइकल सिकेर पनि ४० किलोमिटर परदेखि घर आउजाउ गर्न थालेका यामलालमा अर्को काम गर्ने सनक चढ्यो । एउटी अमेरिकी अपांग महिलाले सगरमाथा चढेको खबर सुनेपछि यामलालमा खुशीको सञ्चार गरेको थियो । पुस्कर शाहको विश्व साइकल यात्राले थप उत्साह थप्यो । अब म जहाँ पनि साइकल चलाउन सक्छु भने अब साइकलमै नेपाल यात्रा गर्छु भन्ने उनको मनमा जाग्यो ।
२०५९ सालमा यमलालले साइकल यात्रा थाले । पश्चिम कञ्चनपुरदेख पूर्वी काकडभिट्टा पुगे । विभिन्न पहाडी जिल्ला हुँदै राजधानी, गोरखा, पोखरा, बेनी पुगे । पनि आएका थिए । २०५९ सालमै उनले साइकलमा नेपालका ३३ जिल्ला भ्रमण गरे । अहिलेसम्म ३७ जिल्ला घुमिसकेका छन् । उनी अहिले कहिले काठमाडौं, कहिले धरान, कहिले पूर्वी झापा त कहिले पोखरामा साइकलमै गुडिरहेको भेटिन सक्छन् । किनकी उनी साइक्लिङ प्रतियोगितामा भाग लिन ठाउँठाउँ पुग्छन् । साइक्लिङ प्रतियोगितामा उनले थुप्रै सांगलाई जितेका छन् । देशका विभिन्न ठाउँमा साइकल ¥यालीमा भाग लिन पुग्छन् ।

yamlal-pix-2
एउटा खुट्टाले साइकल चलाएर मात्रै होइन विभिन्न प्रतियोगिता र ३७ जिल्ला साइकलबाटै यात्रा गरेर चकित बनाएका यामलालको भावी योजना के छ त ? ‘साइक्लिङ च्याम्पियनसिपमा भाग लिन मन छ । त्यसका लागि पारा ओलम्पिकमा जाने तयारी गर्दैछु । एउटा खुट्टा नभएको एक नेपालीले पारा ओलम्पिक जित्यो भनेर यो देशको नाम रोशन गर्न चाहन्छु,’ उनले सुनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com