दक्षिण कोरियाको उच्चस्तरीय वार्ता प्रस्ताव


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

दक्षिण कोरियाले हिउँदे ओलिम्पिक् गेम्स्‌मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ।

उत्तर कोरियाका नेता किम जङ-अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्‌मा सहभागी हुन फेब्रुअरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो।

किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका थिए।

केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्ताव

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्‍-ग्युन‍ले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि सारेका हुन्।

उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन्।

“उत्तर र दक्षिण कोरिया आमुन्नेसामुन्ने बस्छन् र उत्तर कोरियाली प्रतिनिधि मण्डलको ‘प्युङ्चाङ गेम्स्’मा सहभागिता लगायत दुई देशको सम्बन्ध सुधार गर्न आपसी चासोका विषयहरूमा छलफल गर्छन् भन्ने हाम्रो आशा छ,” चोले भने।

जनवरी ९ का लागि प्रस्तावित वार्तामा को को सहभागी हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन। उत्तर कोरियाको प्रतिक्रिया आउन पनि बाँकी नै छ।

अघिल्लो उच्चस्तरीय वार्ता गेसङस्थित संयुक्त औद्योगिक क्षेत्रमा डिसेम्बर २०१५ मा भएको थियो।

तर उक्त वार्ता कुनै सहमति विना सकिएको थियो।

दुवै पक्षले वार्तामा छलफल गरिएको विषय सार्वजनिक गरेका थिएनन्।

त्यसो नगर्न अन्तर्राष्ट्रिय दवाब भए पनि पछिल्ला दुई वर्षमा उत्तर कोरियाले आफ्नो पारमाणिक र परम्परागत अस्त्रको योजनालाई निकै सुदृढ बनाएको छ।

जमेको सम्बन्ध पगाल्न

मंगलवारको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति मून् जे-इनले उत्तरका नेता किम जङ्-अनको पछिल्लो भनाइ स्वागतयोग्य भएको बताए।

उनका अनुसार शान्तिका लागि अगाडि बढ्न ओलिम्पिक् गेम्स् एउटा ‘अभूतपूर्व अवसर’ भएको आफैँले पहिला पनि बताएका थिए।

“सम्बन्धित मन्त्रालयहरूले चाँडो अनुगमनका उपायहरू ल्याएर उत्तर र दक्षिण कोरियाबीच फेरि वार्ता ‍सुरु गर्नुपर्छ र उत्तरको हिँउदे ओलिम्पिक्‌मा सहमभागिता सुनिश्चित गर्नुपर्छ,” उनले भने।

तर उनका अनुसार दक्षिण कोरियाले उत्तर कोरियाको विवादास्पद पारमाणिक र बलिस्टिक् अस्त्र विकास रोक्न लगाउन आफ्ना साझेदार देशहरूसँगको सहकार्यले भने निरन्तरता दिनेछ।

सोमवारको एउटा भाषणमा उत्तर कोरियाका नेता किमले संयुक्त राज्य अमेरिकाविरुद्ध फेरि धम्की दिएका थिए।

उनले‍ पूरै अमेरिकामा आफ्नो देशले मार हान्न सक्ने र पारमाणिक अस्त्रको बटन सधैँ आफ्नो टेबलमै भएको बताएका थिए।

नयाँ वर्षका उपलक्ष्यमा दिएको सन्देशमा शान्तिका लागि सङ्केत दिँदै उनले दुई देशबीचको जमेको सम्बन्ध भने पग्लनु पर्ने बताएका थिए।

“उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव र दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्स् आयोजना गर्न लागेकाले सन् २०१८ दुवै देशका लागि महत्त्वपूर्ण वर्ष हो।”

“यो अर्थपूर्ण वर्षलाई आकर्षक बनाउँदै दुवै देशको इतिहासमा विशेष रूपमा स्थापित गर्न हामीले उत्तर र दक्षिणबीच जमेको सम्बन्ध पगाल्नु पर्छ,” उनले भने।

नयाँ वर्षको उपहार

केही अगाडि ‘प्युङ्चाङ गेम्स्’ आयोजना समितिका अध्यक्ष ली ही-बुमले आफू उत्तर कोरियाको सम्भावित सहभागिताबारे सुनेर उत्साहित भएको दक्षिण कोरियाको समाचार संस्था योन्हापलाई बताएका थिए।

उनले यो ‘नयाँ वर्षको उपहारजस्तै” भएको बताएका थिए।

उत्तर कोरियाको समाचार संस्था केसीएनएले देश हिँउदे ओलिम्पिक्स्‌मा ‘नयाँ विजय प्राप्त गर्न दृढ सङ्कल्पले भरिएको’ मङ्गलवार जनाएको छ।

उत्तर कोरियाबाट छनोटमा जम्मा दुई स्केटिङ खेलाडी परेका छन्।

सहभागिता निश्चित गर्ने औपचारिक समयसीमा उत्तर कोरियाले छुटाइसकेको भएपनि ती दुई खेलाडीले भने अन्तर्राष्ट्रिय ओलिम्पिक् समितिको निम्तोमा भाग लिन पाउनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com