चिनी साल्ट ट्रेडिङले बेच्नेभन्दा सस्तो पाइन थाल्यो


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, नेपाली बजारमा चिनीको मूल्य घटेको छ। उत्पादनको नयाँ सिजन सुरु हुँदै गर्दा बजारमा चिनी सस्तिन थालेको हो।

अर्कोतर्फ व्यवसायीले भारत तथा बंगलादेशबाट समेत चिनी आयात गरी बेच्न थालेपछि साल्ट ट्रेडिङले बेच्ने गरेको मूल्यभन्दा कममै पाइन थालेको हो।

साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा प्रतिकेजी ८२ रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ। खुद्रा बजारमा व्यवसायीले ८० रुपैयाँमा चिनी बेच्न थालेका छन्।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले चिनीको मूल्य घटेको जानकारी दिए। राजधानी तथा पहाडी जिल्लाहरुमा ८० रुपैयाँमा पाइने चिनी तरार्इका सीमा क्षेत्रमा अझै सस्तो पर्ने उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘केही साताअघिसम्म प्रतिकेजी ९० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो’ उनले भने ‘बजारमा भारत तथा बंगलादेशी चिनी पनि आउन थालेसँगै मूल्य घटेको हो।’ भारत तथा बंगलादेशमा चिनी सस्तिएपछि व्यवसायीले पनि आयात गर्ने गरेको उनले जानकारी दिए।

स्वदेशी उद्योगहरुले पर्याप्त उत्पादन गर्न थालेपछि मूल्य अझै सस्तो हुन सक्ने उनले बताए। अहिले होलसेलमा चिनी प्रतिकेजी ७५ रुपैयाँ मूल्य रहेको उनले जानकारी दिए।

भारत, बंगलादेश तथा पाकिस्तानमै चिनी सस्तिएपछि त्यसको असर अहिले नेपाली बजारमा पनि देखिएको संघका महासचिव राजकुमार श्रेष्ठले जानकारी दिए। ‘भारत तथा बंगलादेशमा पनि उखुको राम्रो उत्पादन भएकाले चिनी नेपालमा पनि अझै सस्तिन सक्छ’ उनले भने।

भारतबाट चिनी आयात गरी बेच्ने गरेको सरकारी निकाय साल्ट ट्रेडिङले भने बजार मूल्यका आधारमा तत्काल घटबढ गर्ने अवस्थामा नरहेको जनाएको छ।

साल्ट ट्रेडिङको गठन नै बजार हस्तक्षेप गर्न भएको बताउँदै कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले मूल्य वृद्धि रोक्नु आफूहरुको उद्देश्य रहेको बताए।

‘हामीले दिएभन्दा सस्तो कसैले दिन्छ भने आपत्ति रहेन, हामी अहिले मूल्य घटाउने पक्षमा छैनौँ’ उनले भने। व्यवसायीले ९५ रुपैयाँ प्रति केजीमा चिनी बेच्दा समेत कर्पोरेसनले ८२ मै बेचेकाले मूल्य वृद्धि नियन्त्रण गर्न सकिएको उनले औंल्याए।

भण्डारीले भने ‘बजारको आवश्यकता अनुसार मूल्यको निर्णय सरकारले गर्ने हो, त्यसको अधिकार हामीसँग पनि हुँदैन, तत्काल व्यवसायीले घटाउँदैमा हामीले घटाउनुपर्छ भन्ने होइन।’

हाल व्यवसायीले बेच्ने गरेको भन्दा कर्पोरेसनले बेच्ने चिनीको गुणस्तर राम्रो भएको उनले दावी गरे। ‘हामी सरकारी संस्थान भएकाले मूल्यसँगै मापदण्ड र गुणस्तर हाम्रो पहिलो सर्त हुन्छ’ उनले भने ‘व्यवसायीको पहिलो प्राथमिकता भनेको फाइदा हो।’

राजभण्डारीका अनुसार विदेशबाट चिनी आयात गर्दा संस्थानलाई १३ प्रतिशत भ्याट तथा एक प्रतिशत भन्सार छुट दिइन्छ। संस्थाले वार्षिक रुपमा ५० हजार टन चिनी भारतबाट आयात गर्दै आएको छ। हाल संस्थानसँग करिब २२ हजार टन चिनी स्टकमा रहेको राजभण्डारीले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तिएपछि सरकारले भन्सार बढाउने तयारी गरेको थियो। यद्यपि स्वदेशी विस्कुट तथा कन्फेक्सनरी उद्योगहरुले त्यसको विरोध गरेपछि सो तयारी रोकिएको छ।

स्वदेशी उद्योगहरुले भने आयातित चिनी सस्तो हुँदा असर पर्ने बताउँदै भन्सार बढाउन दवाव दिइरहेका छन्। चिनी उद्योग संघका महासचिव राजकुमार अग्रवाल नयाँ क्रसिङ सिजन सुरु भएकाले चिनीको मूल्यमा प्रभाव परेको बताए।

आयातितभन्दा स्वदेशी चिनी नै गुणस्तरीय हुने दावी गर्दै उनले किसानबाट उद्योगहरुले केही अवधिको उधारो सुविधा पनि पाउने भएकाले मूल्य घटाउन सकिएको औंल्याए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com