Follow @khasokhasmag

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सलाई न्याय दिलाउन मन्त्रालय घेर्दै नर्सहरु


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सलाई पुनर्वहाली गराउन दबाब स्वरुप मंगलबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दैछन् । नेपाल नर्सिङ संघको आयोजनामा उपत्यकाका नर्सका विभिन्न संघ संगठनहरु घेराउमा सहभागी हुनेछन्।

विगत ७ महिनादेखि न्याय मागिरहेका नर्सहरु त्रजिना जति, सजना देउला तनाव र दौडधुपका कारण बिरामी परेपछि उनीहरुको आन्दोलनको रुप फेरिदै गएको छ । उक्त केन्द्रबाट विना सूचना निकालिएका उनीहरु न्याय माग्दै ७ महिनादेखि मन्त्रालय, नर्सका संस्था र केन्द्रको प्रसासन धाइरहेका छन् ।

मंगलवार दिनभरिमा समस्याको समाधान ननिस्के नयाँ चरणका आन्दोलन घोषणा हुने संंघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् ।

संघले विनासूचना निकालिएकी केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई पत्राचार र वार्ताको पहल गर्दा सुनुवाई नभएको भन्दै देशभरका नर्स कार्यक्षेत्र छाडेर आन्दोलनमा उत्रिने चेतावनी सोमवार नै दिइसकेको छ ।

सरोकारवालाको बेवास्ताप्रति खेद प्रकट गर्दै देशभरका नर्सलाई कार्यथलो छाडेर आन्दोलनमा उतार्न बाध्इ हुन चेतावनी दिएको छ । त्यसबाट उत्पन्न हुने जिम्मेवारी उक्त समस्याका सूत्रधार केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, नर्सिङ प्रमुख इन्दिरा प्रधान र स्वास्थ्य मन्त्रालयले हुने बताइएको छ ।

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com