प्रधानमन्त्री निवासको खाजा अब चिया–बिस्कुट


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

प्रधानमन्त्री निवास बालुवाटारको चिया–खाजा खर्चमा व्यापक कटौती भएको छ । यसअघि बालुवाटारमा महँगा होटल र क्याटरिङबाट खाजा र खाना मगाउने गरिएकोमा अहिले खाजाका रूपमा चिया र बिस्कुट मात्र दिन थालिएको छ । पत्रपत्रिकामा हुने खर्च पनि कटौती भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि अनावश्यक रूपमा लाखौं रुपैयाँ राज्य कोषको खर्च भएको भन्दै कटौती गर्न निर्देशन दिएका थिए । ‘खाजाकै नाममा थामिनसक्नुको बिल आउन थालेपछि प्रधानमन्त्रीले नै त्यसलाई रोक्न भन्नुभएको थियो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता एवं सहसचिव दामोदर रेग्मीले भने, ‘बालुवाटारमा हुने बैठक, कर्मचारी, सुरक्षाकर्मी, भेट्न आउने आगन्तुक सबैलाई चिया, बिस्कुट, कुकिज मात्र दिन थालिएको छ ।’ अघिल्ला सरकारको पालामा बाहिरबाट मगाइएको खाजा बढी खर्चिलो भएको भन्दै आलोचना भएको थियो ।

यसअघि सोल्टी होटल, अनमोल क्याटरिङ लगायतबाट बालुवाटारमा चिया–खाजा ओसार्ने गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको खर्च विवरणमा छ । विवरणअनुसार पछिल्लो पटक गत साउन २० गते भुक्तानीका लागि पेस भएको सोल्टी होटलको बिलमा खाना र खाजाको गरी ७ लाख २४ हजार २ सय ४७ रुपैयाँ खर्च भएको उल्लेख छ । त्यस्तै, अनमोल क्याटरिङले पनि सोही मितिमा ८ लाख ४८ हजार ४२ रुपैयाँको उस्तै शीर्षकको बिल पेस गरेको छ ।

त्यसबाहेक बुद्धनारायण खाद्यान्न सप्लायर्स नामक फर्मले पनि बालुवाटारका लागि खाना, खाजा उपलब्ध गराउँदै आएको विवरणले देखाएको छ । उसले गत भदौ १६ गते मात्र ५ लाख २५ हजार १ सय ६५ रुपैयाँको बिल भुक्तानीका लागि पेस गरेको थियो । ‘ती सबै खर्च यसअघि भएका हुन् । कतिपय भुक्तानी भए । कति भुक्तानीको प्रक्रियामा छन्,’ रेग्मीले भने, ‘अब हामी त्यस्ता शीर्षकमा खर्च हुन्न दिन्नौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री निवासका लागि पत्रपत्रिकामा मात्र मासिक १ लाख ६५ हजार खर्च हुँदै आएको थियो । आचार्य ट्रेड एन्ड सप्लायर्सले हरेक महिना त्यति रकम भुक्तानी लिएको देखिन्छ । दाहाल प्रधानमन्त्री बनेयता डेढ महिनाको अवधिमा खाजा/खानामा १ लाख ५८ हजार र पत्रपत्रिकामा ४० हजार रुपैयाँ खर्च भएको प्रधानमन्त्री सचिवालयका उससचिव दिनेश सागर भुसालले जानकारी दिएका कान्तिपुरमा खबर छ ।

‘बालुवाटारको खर्च विवरण सबै उपसचिवको तहबाट अन्तिम भएर आएपछि मात्र हामी भुक्तानीका लागि अघि बढाउँछौं । अनावश्यक खर्च हुन दिँदैनौं,’ प्रवक्ता रेग्मीले भने । सचिवालयमा सरकारीतर्फ यसअघि शाखा अधिकृत तहका कर्मचारीले नेतृत्व गर्थे भने यस पटकदेखि उपसचिव खटाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com