चीनले तातोपानी नाका खोल्ने संकेत


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

 

पुस १६, काठमाडौं । तातोपानी नाका पन्छाउँदै केरुङ(रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ ।

सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो । यसअघि चीनले रसुवागढी (केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष राखेको थियो ।

केही दिनअघि खासामा भएको द्विपक्षीय सुरक्षा प्रमुखस्तरीय बैठकमा नेपालले तातोपानी नाका बन्द हुँदा आयात९निर्यातमा परेको नोक्सानीबारे अवगत गराएपछि चिनियाँ पक्षले सीमा वारपारको सुरक्षा व्यवस्था बलियो भए नाका खुलाउन सकिने संकेत दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनुअघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे । वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सहमतिको मस्यौदा सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङमार्फत सरकारलाई प्राप्त भइसकेको छ । एग्रिमेन्टमा दुवैतर्फका सुरक्षाफौजका लागि औपचारिक कार्यालय राख्ने, सीमा क्षेत्रमा निगरानी बढाउने, सीमा क्षेत्रमा भएका गतिविधिबारे एकअर्कालाई उच्च अधिकारीमार्फत जानकारी दिलाउने आदि उल्लेख छन् । ‘यो मेकानिज्मका लागि चिनियाँ पक्षबाट लिखित प्रस्ताव आउनु नै तातोपानी नाका खुलाउने संकेत हो, जो यसअघि भएको थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सरकारले छिट्टै निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ ।’

खासामा चिनियाँ प्रस्ताव पाएर फर्केका सिन्धुपाल्चोकका प्रजिअ तामाङले नवनिर्वाचित सांसद अग्निप्रसाद सापकोटासहित स्थानीय नेतालाई सुरक्षाप्रमुख स्तरीय बैठकको प्रगतिबारे ब्रिफिङ गरेका थिए । उनले चिनियाँ पक्षसँग नियमित बैठक भए पनि यसपटकको कुराकानी नाका खुलाउनेमा उपलब्धिमूलक रहेको बताएका थिए । सापकोटालगायत नेताले चीनस्थित नेपाली राजदूत लीलामणि पौडेललाई टेलिफोन गरी चिनियाँ उच्चस्तरीय भ्रमणअगावै नाका खुलाउने पहल लिन आग्रह गरे । अहिले पौडेलले बेइजिङस्थित चिनियाँ उच्च अधिकारीसँग सोही नाका खुलाउने अग्रसरता लिइरहेको बुझिएको छ ।

खासमा तातोपानी र रसुवागढीसँगै ओलाङचुङगोला, किमाथांका, रसुवागढी, कोरला, यारी, हिल्सा नाकामध्ये कुन नाका खुलाउने÷नखुलाउने भन्नेमा नेपालले तिब्बतको ल्हासासँग कुरा गरे पुग्छ तर तातोपानी नाकालाई बेइजिङले आफ्नो रुचिमा पारेको नेपाली पक्षले बुझेपछि यसअघिका राजनीतिक, कूटनीतिक भेटमा त्यसैअनुरूप छलफल भएको थियो ।

फेब्रुअरीमा दोस्रो राष्ट्रपतिकालको पदभार ग्रहणसँगै मार्चमा हुने भनिएको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणअगावै नेपाली पक्षले तातोपानी खुलाउने प्रयत्न गरेको हो । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपल्ट प्रधानमन्त्री छँदा चिनियाँ राष्ट्रपति सीसँग भेटमा तातोपानी नाका खुलाउने विषयमा आग्रह गरेको काठमाडौं फर्केर खुलासा पारेका थिए ।

दाहाल प्रधानमन्त्री भएकै बेला चिनियाँ रक्षामन्त्री चाङ वानकाङले तातोपानी नाका र अरनिको राजमार्ग पुनर्निर्माण चिनियाँ प्राथमिकतामा रहेको आश्वासन दिए पनि ठोस रूपमा परियोजना अघि बढेको थिएन । अहिले चीनले न्यालामदेखि खासा र खासादेखि मितेरीपुल गरी दुई खण्डमा चार लेनको सडक निर्माण गरिरहेको छ । प्रजिअ तामाङले डेढ वर्षभित्र सडकको स्तरोन्नति भइसक्ने आश्वासन पाएको मन्त्रालयमा जानकारी दिएका छन् ।

माओवादी नेता सापकोटाले अब तातोपानी नाका खुलाउनेबारे ठोस गृहकार्य अघि बढेको जानकारी दिए । उनले चिनियाँ पक्षको प्रस्ताव अध्ययन गरेर नेपालले निर्णय लिने बताए । ‘तातोपानी नाका खुलाउने हाम्रो प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक छ, यसबारे पहिले पनि राजनीतिक तहमा कुराकानी भइरहेकै हो,’ सापकोटाले भने, ‘हाम्रो अपेक्षा तीन महिनाभित्रै नाका खुलाउन सकियोस् भन्ने हो ।’

०७२ को महाभूकम्पमा नेपाल९चीन दुवैतिर क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भइसके पनि भन्सार नाका भने चीनको आलटालका कारण सुचारु हुन सकेको छैन ।

महाभूकम्पका पीडितको उद्धार गर्ने क्रममा भेटिएको भनिएको ‘फ्रि९तिब्बत’ गतिविधि, अनि विगतमा कोरला नाका पर्ने मुस्ताङ क्षेत्रमा भएका खम्पा गतिविधिका कारण चीनले रसुवागढीलाई सुरक्षित नाकाका रूपमा अघि बढाउन चाहेको थियो । केरुङसँग २७ किमि मात्रै दूरी भएको रसुवागढी नाकामार्फत रसुवागढी(गल्छी र गल्छी(काठमाडौंसम्मको रेलवे सहज बनाउने चिनियाँ चाहनाबीच नेपाल तातोपानीलाई छाड्न नहुनेमा जोड दिन अग्रसर भएको हो ।

राजदूत पौडेल काठमाडौं फर्केपछि नाका खुलाउनेबारे थप प्रस्टता आउने नेपाली पक्षले बतायो । पौडेल चिनियाँ जवाफ लिएर केही दिनभित्र काठमाडौं ओर्लंदै छन् । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य रहेका उपप्रधानमन्त्री वाङ याङ काठमाडौं आएका बेला सरकारले तातोपानीको एजेन्डा प्रमुखतासाथ दोहोर्‍याएको थियो । उपप्रधानमन्त्रीको निर्देशनपछि नेपालका लागि चिनियाँ राजदूत यु होङ आफैं ल्हासा गएर यसबारे छलफल गरेकी थिइन् ।

तातोपानी बन्द हुनुअघिसम्म झन्डै २० अर्ब रुपैयाँबराबरको आयात र पौने तीन अर्बको निर्यात जारी थियो । तातोपानी नजिकैको चिनियाँ भूभाग लार्चामा चीनले एक अर्ब २० करोड रुपैयाँबराबर लागतमा सुक्खा बन्दरगाह बनाए पनि महाभूकम्पपछि त्यो खाली छ । नेपाल९चीन दुवैतर्फका व्यापारीले नाका सुचारु गर्न दुवैतर्फ माग गरिसकेका छन्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com