ट्रम्पको नाममा इजरेलमा रेलवे स्टेशन


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

इजरेलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।

इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएकोमा सम्मान व्यक्त गर्न उक्त अवधारणा ल्याइएको जानकारी दिए।

यसै महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी जेरुसलेम बन्ने अपेक्षा गरिरहेका प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको थियो।

इजरेलले वेस्टर्न वाल सहित पूर्वी जेरुसलेमलाई आफूमा गाभे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता दिएका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विरोध

उक्त द्रूत गतिको रेल मार्ग निर्माण भए कुनै दिन यात्रुहरुले जेरुसलेममा ‘डोनल्ड जन ट्रम्प स्टेशन’ सम्म यात्रा गर्न पाउनेछन्।

उक्त रेलमार्ग वेस्टर्न वाल भनिने एउटा यहुदी धर्मावलम्बीहरुको प्राचीन मन्दिरको अवशेष रहेको स्थान नजिकैबाट इस्लाम धर्मावलम्बीहरुको तेश्रो महत्वपूर्ण तीर्थस्थल अल आक्सा मस्जिदसम्म जानेछ।

इन्जिनियरहरुले पुरानो शहरमा झण्डै दुई माइल सुरुङ खनेर उक्त रेल सञ्जाल निर्माण गरिने बताएका छन्।

एक जना बीबीसी संवाददाता भन्छन्, उक्त निर्माणको कदम र स्टेसनको नाम दुवैले विपक्षीहरुलाई आक्रोशित बनाउने निश्चित छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com