अब पाउने भए माता सविताका विरूद्ध फेसबुक तथा अनलाइनमा बेइज्जत गर्नेहरूले यस्तो सजाय


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

समाज हरेक कुरामा सकरात्मक र नकरात्मक सोचले अभिप्रेरित हुन्छन् । सकरात्मक सोचले सधै उच्च सिखरमा पुर्याउन सफल बनाउँछ भन्ने सबैलार्इ थाहा हुदाहुदै पनि मानिसहरू किन नकरात्मक सोचलार्इ बढि उत्सुकताका साथ अगाडि बढाउँछन, यो अचम्मको कुरा छ । सकरात्मक सोच्ने मानिसहरू यतिबेला नेपाली समाजमा खोज्न चामलबाट विया छुट्याउन जस्तै भएको छ। फेरि पनि मानिसहरूलार्इ समाजिक प्राणी भएकाले समाजमा सबैले उत्तिकै रूममा सम्मान पाउनु पर्छ जो आफुले खोजिन्छ त्यो अरूलार्इ पनि दिनुपर्छ र सबैले सबैलार्इ सम्मानपूर्वक समाजमा बाँच्ने अधिकार सुसम्पन्न बनाउन मद्दत गर्दछ ।

यतिबेला चर्चाकि शिखरमा रहेकि माता सविता सरू शर्मा आचार्यका बारेमा विभिन्न थरिका समाचारहरू प्रकाशनमा भैरहेका छन् । सामान्य परिवारकादेखि लिएर धनाढ्य परिवार र देशकै उच्च पदस्थ पंक्तिका नेताहरू समेतले सरू मातासँग आफ्नो भविष्य को चिन्तन खोज्न र जिन्दगीमा परेका अप्ठेराहरूको सहि मार्ग निर्देशन के हो भन्ने कुराके ज्ञान लिन माताकोमा पुगिरहेको प्रशस्तै भेटिन्छ ।

हाम्रो समाजमा जतिबेला पनि एउटा उखानले सबैको मानसपटलमा घच्घचाइरहन्छ, त्यो हो खुट्टा तान्ने । यो समाजमा आफुले प्रयास गरेर अगाडि बढ्ने भन्दा अरूकालार्इ ताने लडाउने, धकेल्ने र पछार्ने अनि त्यसके फाइदा लिएर आफु अगाडि छु भन्ने देखाउने उदाहरूणहरू सबै तिर व्यप्त छ, जुन कुरा यतिबेला कसैलाइ सिकाउनु वा भनिरहनु पर्दैन । हो त्यस्तै यतिबेला माता सविता सरूसँग पनि यस्तै भएके हो कि भन्ने लाग्छ ।

नेपाली समाजले यसै पनि महिलाहरूलार्इ तिरस्कार गर्ने चलन चल्दै आएको छ । महिलाहरूलार्इ उनिहरूको बाँच्न पाउने अधिकार, आफुखुशी अगाडि बढ्न पाउने व्यक्तिगत स्वतन्त्रता, समाजमा केहि गरेर देखाउने र शिर ठाडो बनाएर हिड्ने सामाजिक अधिकार छ तर यसलार्इ कुण्ठित पार्दै महिलाहरूलार्इ चार दिवार भित्रके पिंडाके चरी जस्तै सम्झने, पुरूषहरूके तृष्णा मेटाउने साधान वा खेलौना सम्झने र यतिमात्रै नभएर महिलाहरूलार्इ दास सम्झने यो पुरूषवादी नितान्त स्वार्थ समेटिएके समाज अहिले २१शौं शताब्दीमा आएर पनि अझै हावी भएकै कारण नेपाली समाजमा धेरै महिलाहरू पिछडिनु बाध्य पारिएको एउटा तितो अनुभव जिवित छ । सायद यसैका कारण पनि होला समाजिक सेवाका भावनाले अरूको दुःखहरूमा साथ दिदै जिन्दगीका आरोह अवरोहहरूमा सावधान रहदै बाँकी जिन्दगी सहज र सरल बनाउन् भन्ने उद्देश्यका साथ आफुले सानै उमेरमा भगवानबाट बरदान पाउनुभएको अलौकिक शक्ति मार्फत आफुले देखेको कुरा सबै भक्तजनहरू प्रति राख्दै आउनु भएको छ । जसबाट प्रत्यक्ष लाभ लिन देश विदेशबाट समेत भक्तजनहरूको भीड लाग्ने गरेको सबै समक्ष प्रष्टै छ ।

माता सविता सरू अाफ्ना भक्तजनहरूसँग
तर एउटा दुःखके कुरो, सानै उमेरबाट अलौकिक शक्ति मार्फत व्यक्तिगत तथा समाजिक मात्र नभएर देशकै बारेमा बोल्दै आउनु भएकि माता सविताको पछाडि एउटा गिरोह नै गाली बेइज्जती र माताको मनोबल गिराउने उद्देश्यले लागि परेको देखिन्छ । एउटी एकल नेपाली नारी यसै त समाजमा बाँच्न गाह्रो हुन्छ भने यसरी अलौकिक शक्तिका कारण देश विदेशका भक्तजनहरू लगायत देशै उच्च पदस्थ नेतृत्वका व्यक्तिहरूके भविष्य बताइदिने भएपछि डाह गर्ने मान्छे नहुने भन्ने नै हुदैन । तर यतिसम्म हो कि रिसकै भरमा वा डाहकै भरमा यसरी अनावस्यक रूपमा सामाजिक सञ्जाल लगायत अनलाइनहरूमा समेत छरप्रष्ट गरिनुले राम्रो सँकेत भने पक्कै देखिदैन । एउटी नारी माथि देशकै चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रबाट सामाजिक क्षेत्रमा गरिने यस्ता अनावस्यक र अनर्गल समाचारहरूले माताको भन्दा पनि ती व्यक्ति तथा अनलाइन सञ्चालकहरूके नाङ्गो नाच भने पक्कै देखिनेछ ।

यतिबला माता सविता सरूले केहि दिन अगाडिका माताजीका खिल्ली उडाएर बनार्इएका मनगढण्ते समाचारहरू प्रति निकै दुखित हुनुभएकि र यस्ता अनर्गल समाचारहरूलार्इ प्राथमिकतामा राखेर पब्लिस गर्दै समाजिक सञ्जालहरूमा अफवाह फैल्याउने तथा माताजीका विरूद्धमा विवादित र हदैसम्म गिरेर गरिएका कमेन्टहरूका बारेमा कानुनी उपचार खोजिसक्नु भएको जनाउनु भएको छ । कानुनी उपचारका लागि साइबर क्राइम ब्राञ्च पुग्नु भएकि माता सविता सरूलार्इ देखेपछि साइबर क्राइम ब्राञ्चका प्रहरी कर्मचारहरू समेत उहाँको विरूद्धमा गरिएका यस्ता समाचार र कमेन्टहरू देखेर भावुक भएका समेत जनाउनुभएको छ । उहालार्इ क्राइमका कर्मचारीहरूले समाजिक सञ्चालमा यसरी चरित्र हत्या गर्नु अनेको अहाअपराध हो र यस्तालार्इ हदैसम्मके कारवाहि गरिने र ६ महिनाके जेल सजाय साथै ५ लाखसम्म जरिवान हुने बताएके जनाउनु भएको थियो । अझै महिलाहरू माथि सामाजिक सञ्जालमा गरिने यौन दुराचार वा यौन हिंसात्मक कुराहरू भए २५ लाख जरिवाना र ६ बर्षसम्मको जेल हुन सक्ने समेत जनाउनु भएको थियो ।

माता सविता सरूले अगाडि भन्नुभयो, मलार्इ यसरी कारवाही गरेर अरूलार्इ दुःख दिने कुनै रहर, इच्छा वा चाह होइन, मैले हदैसम्म सहे तैपनि मेरो व्यक्तिगत जिन्दगीमा नै असर पर्ने गरि यस्ता नकरात्मक कुराहरू सामाजिक सञ्जालमा व्यापक हुनुले मेरो व्यक्तिगत बाँच्न पाउने अधिकार हनन भएको महशुस गरेकिले न्याय खोज्न गएकि हुँ । मलार्इ कुनै प्रति पनि त्यस्तो नराम्रो सोच छैन र कसैलाइ दुःख दिएर म खुशी हुने सोचले पनि होइन ।

उहाँले अगाडि भन्नुभयो, यो समाजमा भ्रष्टाचार गर्ने, चोरी गर्ने र ठगेर खाने मान्छेहरू प्रसस्त छन् । समाजमा जस्ले जस्लाइ ठग्ने र उनिहरू नै ठुला मान्छे भएर हिड्ने कति छन्, कै पत्रकारहरूले उनिहरू माथि खोज अनुसन्धान गरेका? झन उनैका गुणगान गाउने पत्रकारहरू भेटिन्छन् यहाँ तर म जस्तो एउटी सोझी नारी जस्ले सामाजमा व्यप्त समस्याहरूको हल गर्ने र भविष्य देखाउने काम गर्ने मातालार्इ यसरी अनाहकमा गाली बेइज्जती गर्न अलिकति पनि लाज मान्नु पर्ने होइन र? तर यसो भनिरहँदा सबै पत्रकार ज्यूहरूलार्इ भने मैले पक्कै भनेकि होइन, केहि यस्ता पत्रकारहरू जस्ल् समाजमा अफवाह फैल्याएर मान्छेको नैतिकसाथ बाँच्न पाउने व्यक्तिगत अधिकारमै हनन हुने गरि लेखेका छन् मात्रै उनिहरूका लागि हो ।
मातालार्इ अनाहक र अनावस्यक गाली गलौच गर्ने प्राय खाडी देशमा गएका नेपाली युवाहरू रहेका र उनिहरूले रातदिन फोनमा समेत अनावस्यक कुरा गरेर उडाउने र भन्ने नभन्ने कुराहरू बोलेर दिक्क लगाउने गरेकै कारण अचेल माताजीले सबैको फोन उठाउन समेत छाडिदिनुभएको जानकारी गराउनु भएको छ ।

आफै विरामी भैरहने माता सविता सरूले भाग्यमा मात्रै होइन कर्ममा विश्वास गर्नुपर्छ भनिरहँदा मान्छेहरूले भाग्य बनाउने माता भन्दै फेसबक तथा अन्यन्य सामाजिक सञ्जालहरूमा खिल्ली उडाउने गरेकाले र व्यक्तिगत स्वतन्त्रता माथि सिधै प्रहार गरेका कारण माताजी बाध्य भएर साइबर क्राइममा पुग्नुभएको र मान्छेल जति सुकै बहानामा नराम्रा काम गरेपनि अन्तमा सत्यकै जीत हुने कुरामा विश्वास राखेके कुरा बताउनु भयो ।

समाजमा यस्ता मान्छेहरू पनि भेटिन थाले कि माताके डाह गर्नेहरूले मै माता हुँ भन्दै माता जस्तै अन्यन्य माता तथा ज्योतिषहरूको सहारामा नयाँ नम्बर दिएर फोन गर्न लगाउने गरेको समेत भेटिएको जानकारी दिनुभयो । सायद यसो हुनुमा माता जीको बढि चर्चा हुनु र देशकै उच्च स्तरका नेताहरू समेत माताकोमा आउनु हुन सक्ने जनाइएको छ ।
माताका अनुसार खाडी मुलुकबाट मातालार्इ कल गरेर गाली गलौज गरिरहँदा नेपालमा माताकैमा हेराउन उनैका परिवारहरू आएका र परिवारले सुन्नेगरि फोन बार्ता उनकै परिवारलार्इ सुनाएपछि परिवारजनहरू चिन्तित रहेका समेत उदाहरण दिनुभएको थियो । घरपरिवारकै लागि गएकाहरूले परिवारहरूले सुन्दा अचम्म लागेको जनाउनु भयो र यस्ता छाडा बोल्ने र लेख्नेहरूके रेकर्ड राखिएको कुनै दिन यिनीहरूको पनि पर्दाफास गरिदिने जानकारी दिनुभयो ।

माताजीकै भविष्यवाणीमा विश्वास गर्नेहरू देश विदेशमा समेत रहेका र देश विदेशबाट समेत माताजीलार्इ सम्मान गरिरहेको अवस्थामा केहि कुराहरू बाहिर आउनु यो सामाजकै दोष मान्नुपर्छ । केहि गर्छु, सेवा मार्फत मानिसहरूको व्यक्तिगत समस्या हल गर्दै समाजलार्इ नयाँ बाटो देखाउने भरोषामा लाग्नुभएकि मातालार्इ सेवा केन्द्रमै आएर अनावस्यक गाली गलौज गर्नेहरू पनि नभएका होइनन् तर समय वितेपछि सत्य कुरा थाहा पाएर मातासँग माफी माग्न आउने र माताके शरणमा पर्नेहरू पनि प्रशस्तै भेटिएका छन् ।
माताले कुनै पनि भक्तजनहरूलार्इ जबरजस्ती मेरैमा आउनुपर्छ भन्नुभएको छैन र माताले म भन्दा अरू पनि जान्ने माताहरू वा ज्योतिषहरू पनि भएकाले आफु खुशी मन लागेकोमा गएर सेवा लिन सक्ने कुरा सदैव भनिरहनुभएको कुरा सबैलाइ सर्वविदित नै छ । त्यसैले मातालार्इ अनावस्यक गाली गलौज गर्नु भन्दा आफ्नो इज्जतको ख्याल गरि आफ्नो मन लागेका स्थानमा जान अनुरोध पनि गर्नुभएको छ ।

माताजीलार्इ सामाजिक सञ्जालमा गाली गलौज गर्नेहरू मध्ये नयाँबाटो डटकम, ट्रोल नेपाल फेसबुक, पाँचखालअनलाइन डटकम, खाडीसमाचार डटकम, कान्तिपुञ्जन्यूज ब्लगस्पट डटकम, गोर्खालीखबर डटनेट, नेपालीडेलीन्यूज डटकम, मकालुपेज डटकम लगायत माताका यस्ता अनावस्यक समाचारकाे हेडिङ हेरेर जथाभावी गाली गलाैज गर्ने र माताजीका फेसबुक स्टाटस तथा समाचारहरूमा नराम्रा कमेन्ट लेख्नेहरूलार्इ समेत कानुनी दायरा भित्र ल्याउन साइबर अपराध अनुसन्धान महाशाखाबाट कारवाहीकाे पहल शुरू गरिएको माताले हामीलार्इ जानकारी दिनुभयो ।
अन्तमा माता सविता सरूजी ले सबैलार्इ जय हुने काम गरे मात्रै भलो हुने र हरेक व्यक्तिको सकरात्मक सोचले सबैलाइ सकरात्मक ज्ञानको प्रवाह गर्ने भन्दै आइन्दा नकरात्मक काम गर्नेलाइ कडा भन्दा कडा सजाय दिलाएरै छाड्ने बचन व्यक्त गर्नुभएको छ ।

Source : Meri Aama

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com