भगवती चौधरी सर्वोच्चमा


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

सुनसरी । बहुचर्चित सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदरको माग गर्दै आज सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएकी छन् । चौधरीले मतपरिणाम बदर गरी पून मतगणनाको मागसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्धा दर्ता गराएकी हुन् ।

सुनसरी ३ बाट विजयी नेपाली कांग्रेसका विजय गच्छदार,   निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, सुनसरी ३ का निर्वाचन अधिकृतलाई  बिपक्षी बनाई नेता चौधरीले मुद्धा दर्ता गराएकी हुन् ।

चौधरीले बिपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको सपथ नगराउनु, संघीय संसदको पदधारण गरि कामकाज गर्न नदिनु, निर्वाचनसँग सम्बन्धित मतपत्र लगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गरेकी छन् ।

गत मंसीर २१ गते भएको निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजय कुमार गच्छेदार ३२१ मतले विजयी भएका थिऐ । एमाले उम्मेदवार चौधरीले भने आफूलाई जनताले जिताए पनि गच्छेदारले षडयन्त्र गरेर सत्ता र शक्तिको आडमा हराएको बताउँदै आएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com