म्याग्दीमा स्वास्थ्य शिविरबाट पन्ध सयभन्दा बढी लाभान्वित


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

पुस १२, म्याग्दी । बाबियाचौर, म्याग्दी( म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन्।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो।

शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल मलेसियामा व्यवसाय गर्दै आएका दीपक बोगटीले दिवंगत बुबा ओमबहादुर र भाइ लोकेश बोगटीको स्मृतिमा आर्थिक सहयोग गरेका थिए।

आँखासम्बन्धी ७०२ र अन्य स्वास्थ्य समस्या भएका ८५७ जनाले सेवा लिएका लायन्स क्लब अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाले जानकारी दिए। दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई निःशुल्क र सहजरुपमा गाउँमै शल्यक्रियासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष रोकाले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छयालीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । एक जनाको सामान्य शल्यक्रिया र एक जनालाई शल्यक्रियाका लागि पोखरा रिफर गरिएको छ । शल्यक्रियापछि आँखा देख्ने भएकोमा मालिका गाउँपालिका–६ दिच्यामका १०४ वर्षीय अमलाल न्युरेले प्रशन्नता व्यक्त गरे।

यसैगरी, बृहत् स्वास्थ्य शिविरमा ३८ जनाले दाँत भरेको, १०० जनाले ल्याब, ४५ जनाले एक्सरे, ९० जनाले मुटुको इसिजी, ५० जनाले पाठेघरको मुखको क्यान्सरको जाँच र ५० जनाले पाठेघरमा रिङ राखेका छन् ।

हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेन्द्र पौडेल, तिलक गौतम, कृष्ण कँडेल र विजय अधिकारीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, परामर्शका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा थम्मन गौतममार्फत रु चार लाख र एसआर फर्माका सञ्चालक गुन बुढामार्फत रु तीन लाख ५० हजार बराबरको औषधि उपलब्ध गराइएको थियो ।

शिविरमार्फत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सुविधाका बारेमा प्रचारप्रसारमा समेत सहयोग पुगेको प्रमुख चिकित्सक पौडेलले बताए। मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सबैजसो वडाका बासिन्दाले शिविरबाट सेवा लिएका लियो क्लब अफ दरवाङका अध्यक्ष विमल शर्माले बताए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com