एक सय २० मेगावाट रसुवा भोटेकोशीको विद्युत खरिद डलरमा सम्झौता


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

पुस १२, काठमाडौं । एक सय २० मेगावाटको रसुवा(भोटेकोशी जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबीच डलरमा विद्युत खरिद सम्झौता ९पीपीए० भएको छ । प्राधिकरणले तयार पारेकोे निर्देशिकापछि भएको यो पहिलो डलर पीपीए हो ।

लाङटाङ भोटेकोशी जलविद्युत आयोजनाले निर्माण ग र्न लागेको यो आयोजनामा करिब ९० प्रतिशत विदेशी लगानी रहने छ । ०६७ सालमा सर्वर्ेक्षण अनुमति पाएको आयोजनाले ०७१ मा निर्माणका लागि अनुमति पाएको हो ।

भोटेकोशी हाइड्रोपावर र चीनको सिचुवान कम्पनीको संयुक्त लगानीमा बन्न लागेको आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०को काम हालै सकेको छ । सम्भाव्यता अध्ययन सकेर डीपीआर निर्माणको चरणमा रहेको कम्पनीका निर्देशक दिपक खड्काले जानकारी दिए ।

२२ अर्ब लागतमा बन्न लागेको उक्त आयोजना निर्माणस्थल रसुवाको स्याफ्रुबेंसीनजिक पर्छ । प्राधिकरणको निर्देशिकामा एक सय मेगावाटभन्दा ठूला आयोजनामा मात्र डलर पीपीए हुने उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी लगानी र सय मेगावाटभन्दा ठूलो रहेकाले डलरमा पीपीए गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

आयोजनाका निर्देशक खड्काका अनुसार सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने सम्झौता भएको छ । १६ मंसिरदेखि १५ जेठसम्मलाई सुख्खा र १६ जेठदेखि १५ मंसिरसम्मलाई वर्षायाम मान्ने गरिन्छ ।

राष्ट्र बैंकले गत बिहीबार तोकेको डलरको सटही मूल्यलाई आधार मानिने सम्झौतामा उल्लेख छ ।

आगामी साढे चार वर्षभित्रमा निर्माण सक्ने कम्पनीको योजना छ । निर्देशक खड्काले भने, ‘पाँचदेखि ६ महिनापछि निर्माण थाल्ने छौं । अहिले फाइनान्सियल क्लोजरको तयारी गर्दै छौं ।’

‘डलर पीपीए निर्देशिका’मा विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । यस्ता आयोजनामा स्वपुँजी ९इक्विटी० को अंश २० प्रतिशतभन्दा कम र ऋणको अंश अधिकतम ८० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

प्राधिकरणका अनुसार यस आयोजनाबाट उत्पादित बिजुलीको बिल नेपाली रुपैयाँमा आउने छ । त्यसलाई पीपीए गर्दा स्थिर राखिएको विनिमय दरले गणना गरी डलरमा भुक्तानी दिइने छ ।

डलरमा पीपीए गर्दा विनिमय जोखिम बेहोर्न कोष स्थापना गरिने निर्देशिकामा उल्लेख छ । तर, के कस्तो कोष बनाउने भन्नेबारे प्राधिकरणको आसन्न बोर्ड बैठकले टुंगो लगाउने भएको छ ।

नेपाली मुद्रा कमजोर बनेर डलरमा बिल भुक्तानी गर्दा प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम कम गर्न त्यस्तो कोष स्थापनाको प्रस्ताव गरिएको हो । विद्युत खरिदकर्ता र लगानीकर्ता दुवैलाई मारमा पर्न नदिन विभिन्न मुलुकले त्यस्तो कोष बनाउने गरेका छन् ।

निर्देशिकाअनुसार अधिकतम १० वर्ष वा व्यावसायिक विद्युत उत्पादनको शुरु दिन ९सीओडी०देखि ऋण चुक्ता अवधि ९पेब्याक पिरियड० सम्मका लागि मात्रै डलरमा पीपीए हुनेछ । उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com