पुस ११ बझाङ – जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाबीच समन्वय नहुँदा औषधि अभाव भएको छ । यहाँको काफलसेरी स्वास्थ्य चौकीमा आइरन, पारासिटामोल, ओआरएसलगायतका औषधि अभाव भएको छ।
स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट रामसिंह चैसिरका अनुसार यी अत्यावश्यक औषधि अभाव भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयमा गरिएको छ । उनी भन्छन्, ुस्वास्थ्य कार्यालमा सोध्दा नगर स्वास्थ्यमा बजेट छ भन्छन् तर नगर स्वास्थ्यमा सोध्दा बजेट थोरै छ भन्छन्।
यस्तो अन्योलले स्वास्थ्य चौकीमा आउने गर्भवतीलार्इ आइरन चक्की दिन नसकिने अवस्था बनेको बताउँछन्। उनका अनुसार २ सय १५ जना गर्भवतीलार्इ गरेर ४ हजार ८ सय ७५ आइरन चक्की चाहिन्छ तर ३ हजार मात्रै प्राप्त भएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।