ओलीसँग सरकार गठनबारे छलफल नै भएको छैन : उपेन्द्र यादव


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

काठमाडौं,१० पुस। संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तर, सरकार निर्माण प्राथमिकता नपाएको उनले बताए । उनले भने, हामी सरकारमा जाने र हामी र एमाले मिलेर सरकार बनाउन कुरै भएको छैन ।’

ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उहाँले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए ।

फोरम अध्यक्ष यादवले तीन ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com