अष्ट्रेलियाका धनी नेपाली शेष घलेले गरे यस्तो घोषणा
प्रकाशित मिति : पुस १०, २०७४ सोमबार
अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवनका लागि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले दुई लाख ८ सय अठासी डलर प्रदान गर्ने घोषणा गरेका छन् ।
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर उनले यस्तो घोषणा गरेका हुन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विश्वास लिएको छु, उनले भने ।
यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने उनको भनाइ छ । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफूले सधै विश्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।





