स्पेनका राजा छैटौंबाट एकताका लागि आह्वान


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

स्पेनका राजा फिलिपे छैटौंले क्याटालोनियाको विषयलाई लिएर विवाद बढीरहेका बेला फेरि एकपटक एकताका लागि आह्वान गरेका छन् ।

क्रिसमसको अवसरमा दिएको सन्देशमा राजा फिलिपे छैटौंले क्याटालोनियाका नागरिकसंग टकराव र विवादको साटो सहअस्तित्वको बाटो रोज्न आग्रह गर्नुभएको हो । क्याटालोनियामा बिहीबार भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेपछि क्याटालोनियाको समस्या थप बल्झिएका बेला राजा फिलिपे छैटौंले एकताका लागि आग्रह गरेका हन । यसअघि गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो ।

त्यसपछि पनि राजा फिलिपे छैटौंले एकताका लागि आह्वान गरेका थिए । यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो । तर विवाद बढ्दै गएको पछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो ।

स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् । मध्यावधिक चुनावपछि समस्या समाधान हुने अपेक्षा गरिएकोमा झन बढ्ने संकेत छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com