छोरीको अस्तित्व संकटमाः रेखा थापा


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

रुपा गहतराज–

बाँके । प्राय चलचित्रमा महिला हिंसा बिरुद्ध अभिनयमा देखिने नायीका रेखा थापा रियल लाइफमा महिलाहरूको सम्मान र अस्तित्वको आवाज उठाउँदै मंचमा देखा परिन् ।

नेपाली फिल्म क्षेत्रकी हस्ती रेखा बालविवाह विरुद्धको अभियानका लागि नेपालगन्ज आइपुगेकी हुन् । उनले महिला पुरुषबिचको भेदभावले नै छोरीको अस्तित्व संकटमा परेको बताउँदै यो अभियान सबैको साझा हुने उदघोष् गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मेरो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा यो अभियानमा लागेकी हुँ’ थापाले भनिन्, ‘बालविवाह बिरुद्धको अभियान सार्थक बनाउँनु सबै सचेत नागरिकको कर्तव्य हो ।’ आफू यो देशको कलाकार मात्र नभई एक सचेत नागरिक पनि भएकाले बालविवाह बिरुद्ध हातेमालो गर्नु आफ्नो कर्तव्य भएको उनले बताइन् ।

विद्यार्थी, शिक्षक, अभिभावकका बिचमा नेपालगञ्जमा भएको ‘छोरीका निम्ती स्वर्णिम नेपाल’ले आयोजना गरेको महाअभियान सङ्कल्प सम्मेलनमा बोल्दै रेखाले यस्तो बताइरहँदा दर्शक दिर्घाबाट तालीको गड्गडाहट गुञ्जेको थियो ।

‘जागीर खान योग्यता पुग्नुपर्ने, सबै कुराको लागि योग्यता चाहिने विवाह गर्दा चाहिँ योग्यता नचाहिने’ प्रश्न गर्दै उनले भनिन्, ‘कस्तो परम्परा, कस्तो संस्कार हो यो हाम्रो ।’ विवाह कुनै सहमतिमा कायम नहुने भन्दै उनले दुबै जनाबिचको अस्तित्वको सम्मान नभएसम्म त्यो सम्बन्ध सधै कमजोर रहने बताइन् ।

अहिलेको युवा पुस्तामा छाएको प्रेम रोगबारे टिप्पणी गर्दै भनिन्, ‘आबेगको निर्णय सधै गलत हुन्छ ।’

आफ्नो नीजि जीवनको उदाहरण दिंदै उनले जीवनमा सबै भन्दा ठूलो निर्णय विवाह भएको बताइन् । त्यसका लागि उमेर मात्र होइन, शारीरिक तथा मानसिक रुपले समेत तयार हुनुपर्नेमा जोड दिइन् ।

आफ्नो बिगत सम्झँदै थापाले भनिन्, ‘म सुटिङ्गमा कलाकार हुन्थे । घरमा पुग्दा श्रीमती बन्नुपर्ने बाध्यताले तनाव झेल्नुपथ्र्यो । दोहोरो जिम्मेवारीले आफूलाई बिर्सन पुग्थे ।’ महिलाले सबै काममा सक्षम हुँदाहँुदै पनि आफ्नो स्वतन्त्रतापूर्वक बाँच्न पाउँने अवस्था सिर्जना गर्न सबैको सहयोगको अभाव भएको अनुभव सुनाइन् ।

आफ्ना दुई दाजु हुँदाहँुदै पनि आमा मसँग बस्नुहुन्छ । तर उहाँलाइ छोरीसँग बस्दै छु भन्ने चिन्ता छ’ उनले भनिन्, ‘त्यो सोचाइ मेरो आमाको मात्रै होइन, आम नेपाली समाजको हो ।

‘३० वर्षकी छोरीको विवाह नहँुदासम्म परिवारलाइ कस्तो तनाव हुन्छ । मैले महसुस गरेकी छु’ उनले आफ्नो बिगत कोट्याउदै भनिन्, ‘तर त्यहि विवाह सम्बन्धबिच्छेदको कारण सम्म पुग्दा समाज मौन बस्छ । विवाह गराउँन हतार गर्ने समाज विवाहको भत्किने कारण बारे बहस छलफल समेत गर्दैन ।’

थापाले बालबालिका उमेर सपना देख्ने उमेर भएको बताइन् । लक्ष्य र सपनामा रमाउँन बालबालिकालाइ उत्साहित गर्दै उनले भनिन्, ‘यो सामथ्र्यता प्रकृतिले सबैलाइ दिएको छ ।’

यसअघि सांस्कृतिक कार्यक्रममा आउँने गरेकी रेखा थापा छुट्टै अभियान लिएर पहिलो पटक नेपालगन्ज पुगेकी हुन् । नितान्त फरक ढंगले आयोजना गरिएको कार्यक्रममा नायिका रेखा थापालाई अभियानसँग जोडेर नेपालगन्ज ल्याउने काम युवा उत्प्रेरक नरबहादुर कार्कीले गरेका हुन् ।

सकारात्मक उत्प्रेरक नरबहादुर

सकारात्मक उत्प्रेरणाका क्षेत्रमा त्यस्तै चर्चित नाम हो– नरबहादुर कार्की । जसले आफ्नो बोलीको जादुबाट उत्प्रेरणा जगाउँने काम गर्दै आएका छन् ।

देशव्यापी रुपमा बालविवाह विरुद्ध अभियानमा समर्पित समाजिक अभियन्ता नरबहादुर कार्की सामाजिक अभियानमा समेत सक्रिय चर्चित छन् ।

सम्मलेनमा आफ्नो अनुभव सुनाउँदै अभियन्ता कार्कीले अब छोरीहरूले पनि सपना देख्नुपर्ने भनाइ राखे । उनले अब छोरीले २० बर्ष भइसकेपछी विहे गर्ने, छोराछोरी जन्माउने मात्र होइन् जीवनको लक्ष्य राख्न पनि आफ्नो जीवनमा उद्देश्य राख्न आग्रह गरे । उनले भने, ‘तपाईंको आशा इच्छालाई सही लक्ष्यका लागि समर्पित गनुहोस् ।

‘विद्यार्थी, सामाजिक अभियन्ता र अभिभावकको उपस्थीतिले कार्यक्रम सफल भएको महसुस गरेकी छु’, आयोजनाको सह–संयोजन गरेकी युवा स्रष्टा ऋचा लुइटेलले भनिन्, ‘यो अभियानको सुरुवात हो । बाँके जिल्लाका लागि यो अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहयो । यसमा सबैको हातेमालो जरुरी छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com