क्रिसमसको शुभकामना सगै देशमा राजनीतिक स्थायित्व होस् –राष्ट्रपति


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

आज क्रिसमस पर्वको उपालक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभ कामना दिदै देशमा राजनीतिक स्थायित्वको कामना गरेकि छन् । उनले यस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ ।

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com