चीन: पानी र जमिनमा अवतरण गर्ने विश्वकै ठूलो विमानको उडान


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ।

लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन्।

विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ।

यो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सैन्य प्रयोग

तर यसको सैन्य उपयोगिता पनि छ।

यो विवादित साउथ चाइना सी क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने ठानिएको छ।

‘कुनलोङ्’ नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरुको ‘संरक्षक’का रुपमा चित्रण गरेको छ।

साउथ चाइना सीसम्बन्धी चिनियाँ नीतिको विभिन्न छिमेकी मुलुकहरुले प्रतिवाद गरेका छन्।

राष्ट्रसंघ समर्थित एउटा न्यायाधिकरणले साउथ चाइना सीको अधिकांश क्षेत्रमाथिको चिनियाँ दावी गत वर्ष खारेज गरिदिएको थियो।

विशाल

दक्षिणी प्रान्त ग्वाङडोङबाट विमानले उडान भरेको सरकारी टेलिभिजनमा प्रत्यक्ष देखाइएको थियो।

फर्कदाँ उक्त विमानलाई सैनिक धुनसँगै मानिसहरुले झण्डा हल्लाएर स्वागत गरेका थिए।

विमान बनाउन आठ वर्ष लगाइएको थियो।

त्यसले साढे ५३ टनसम्मको भार लिएर उड्न सक्नेछ।

विमानको पखेटाको एउटा कुनाबाट अर्कोसम्मको दूरी करिब ३९ मिटर अर्थात् १२७ फिट छ।

चीनभित्रबाटै त्यस्ता खाले १७ वटा विमान मगाइएका छन्।

एजी६००, आफ्नो प्रकारको विमानमध्ये अहिलेको समयको सबैभन्दा ठूलो हो तर अर्बपति होवार्ड ह्युजको प्रख्यात उड्ने डुंगा त्योभन्दा ठूलो थियो।

‘द स्प्रुस गुज’ अर्थात् ‘ह्युज एच-फोर हर्कुलिस’को पखेटा साढे ९७ मिटर लामो थियो।

तर त्यसले सन् १९४७ मा एकपटक मात्रै उडान गरेको थियो र त्यो जम्मा २६ सेकण्डको थियो।

त्यसपछि त्यो कहिले उडेन र अहिले त्यसलाई ओरेगोनको संग्रहालयमा राखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com