वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्टिनबाटै लागूऔषध कारोबार, चिकित्सकसहित ३ जना पक्राउ


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ धरान– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट चिकित्सकसहित ३ जना लागूऔषध कारोबार र सेवनको आरोपमा पक्राउ परेका छन्। प्रहरीले डा क्षिजित श्रेष्ठसहित ३ जनालाई शनिबार बेलुका पक्राउ गरेको हो।

डाक्टरहरुलाई होस्टेलमा लागूऔषध सप्लाई गर्ने दिनेश श्रेष्ठ र उज्वल हलुवाईलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको वडा प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। ‘हलुवाईले श्रेष्ठलाइ दिने र श्रेष्ठले डाक्टरहरुलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डिएसपी पौडेलले भने,‘ अन्य डाक्टरलाई पनि उनले ब्राउन सुगर बेच्दै आएको बुझिएको छ।’ दिनेश अस्पतालमा क्यान्टिन सञ्चालक हुन्।

प्रतिष्ठानमै कार्यरत साह थरका एक चिकित्सकले दिनेशसँग क्षिजितलाई चिनाइदिएका हुन्। साह थरका ती डाक्टर पनि लागूऔषध दुर्व्यसनी भएको खुलेको छ। क्यान्टिन सञ्चालक दिनेशले नै अस्पतालका चिकित्सक तथा दुर्व्यसनमा फसेका कर्मचारीलाई लागूऔषध बेच्दै आएका थिए। पक्राउ परेका डा. क्षिजितको एमबीबीएसको इन्टर्न सकिन लागेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com