चिनियाँ टोली भैरहवामा लगानीको सम्भाव्यता खोज्दै


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पुस ८ रुपन्देही, पछिल्लो समय लगानीका लागि उपयुक्त मानिएको रुपन्देहीमा लगानी गर्ने इच्छासहित चीनको अर्को टोली अध्ययनमा आएको छ।

चीनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोलीले लगानीका लागि रुपन्देहीको भैरहवामा सरकारी र निजी क्षेत्रसँग छलफल गरेको छ। छलफलमा चिनियाँ सरकारी टोलीका प्रमुख जानछिङ सिले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफूहरु इच्छुक रहेको बताए। चिनियाँ टोलीले रुपन्देहीमा पर्यटन, उद्योग र कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएको छ। साक्षी प्रान्त चीनको मात्र नभई विश्वकै ध्यान आकर्षित गर्ने प्रान्त भएको बताउँदै सिले त्यहाँको कृषि उत्पादन, विद्युतीकरण, औद्योगीकरण लगायतबाट समेत सिक्न सक्ने भन्दै भ्रमणको लागि निम्ता समेत दिएका छन्। सिंगोयाका उद्योगी सिछिङ क्वारले औद्योगिक उत्पादनमा चीनले गरेको विकासकै शैलीमा नेपालमा लगानीक गर्न चाहेको बताए।

औद्योगिक विकास देश विकासको मेरुदण्ड भएको प्रस्ट्याउदै उनले नेपालको औद्योगिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए। उनले यहाँको सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने समेत बताए। लुम्बिनीको मात्रै प्रचार गर्न सके नेपालले यसबाट ठूलो लाभ लिन सक्ने उनले सल्लाह दिए। सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गइरहेको रुपन्देहीमा गौतम वुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार, कालीगण्डकी कोरिडोर, विशेष आर्थिक क्षेत्र ९सेज० को सञ्चालन तथा त्यसमा प्राप्त हुने सुविधाहरु र भारतसँगको ठूलो बजार जस्ता अवसरहरु रहेका कारणले यो क्षेत्रमा लगानी गरेर चिनियाँ लगानीकर्ताले धेरै फाइदा लिनसक्ने बताए। उनले मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरता कायम हुँदै गएकाले लगानीको वातावरण तयार भएको बताए। नगरपालिकाका वैदेशिक सल्लाहकार एवं संस्कृतिविद प्रा।डा। गितु गिरीले शताब्दीदेखि नै नेपाल र चीनबीच घनिष्टता रहेको चर्चा गर्दै मित्रतालाई लगानीमा बदल्न आग्रह गरे। उनले चीनमा लाखौं वौद्धमार्गीहरु रहेको र तिनीहरुलाई कम्तीमा एकपटक वुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गराउने वातावरण सिर्जना गराउन टोलीलाई आग्रह गरे। उनले रुपन्देही पर्यटन, कृषि, उद्योग क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न सुझाए। छलफल कार्यक्रममा सिद्धार्थनगरकी उपप्रमुख उमा काफ्ले, कार्यकारी अधिकृत यमबहादुर कुँवर, वरिष्ठ इन्जिनियर शैलेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सघंका अध्यक्ष रामकुमार शर्मा, उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली, बलबहादुर आचार्यलगायत सहभागी थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com