चीनको छेन्दुमा मा नेपालसम्बन्धी फोटो प्रतियोगिता(फोटो फिचर)


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तरराष्टिय फोटोग्राफी प्रतियोगिता चीनको प्रसिद्ध सहर छेन्दुमा जारी रहेको छ ।

प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको रुद्राक्षको माला लगाएर विदाई गर्नुभयो ।

काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्तु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि सुरु गरिएको छ ।

दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले फोटो प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्दै त्यसले दुबै देशबीचको ऐतिहासिक मित्रता अझ प्रगाढ पार्न सहयोग पुग्ने बताउनुभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै राजदूत पौडेलले नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्तु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो । अन्य गन्तब्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकोले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाउनुभएको  शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्तु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।

प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीको प्रक्षेपण गरेको छ ।

उद्घाटन कार्यक्रममा सिछुवान प्रान्त र छन्तु नगरपालिकाका उच्च पदस्था सरकारी अधिकारी, स्थानीय पर्यटन ब्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्तुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com