KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

मायाको कहानी लेख्ने क्रममा चर्चित गायिका बसन्ती लामा शेर्पा

प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

राजु बोहरा–काठमाडौँ ।

नेपाली गीत संगीतको खेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका बसन्ती लामा शेर्पाको आधुनिक गीत “मायाको देशको राजा” भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । अहिले लाई आफ्नो जिबन धान्नको लागि नया कुनै पेशामा रहेपनि उनि भन्छिन् म बरु खानको लागि गाँस छोड्न सक्छु तर संगीत बिना आफ्नो जिबनी यात्रा सोच्न सक्दिन, त्यसैले आगामी दिनमा यहि क्षेत्रलाई आफ्नो दैनिकी सुम्पिएर अगाडी बढ्ने पनि उनले बताएकी छिन् ।

गायिका बसन्ती लामा शेर्पाको सुमधुर स्वरले सजिएको यस गीतलाई दिनेश सुबेदीले शब्द रचना गरेका हुन् भने संगीत सयोजन तथा संगीत बाबुल गिरीले तयार पारेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको र गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा मोडेल सपना केसी र एसएलएस (sls) को अभिनय देख्न सकिन्छ । “मायाको देशको राजा” बोलको गीतको म्युजिक भिडियोलाई दृश्य निर्माण दिपक एण्ड किसमत फिल्मी चक्करले गरेका भने छायांकन अनिल पुनले गरेका छन् । यस गीतको म्युजिक भिडियोको निर्देशक संगीत सागर र सह-निर्देशन सिवानी सागरले गरेकी हुन् । प्रस्तुत गीतमा गायिका लामालाई राज सरगमले साथ दिएका छन् ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com