अस्पतालबाट हराइन् सुत्केरी ः नवजात शिशुको बिचल्ली


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

पुस ६, वीरगन्ज, वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पाँच दिनको नवजात शिशु छाडेर एक महिला गायव भएकी छन्। आइतबार जन्मिएकी शिशुलाई अस्पालमै छाडेर बुधबार मध्यरात सुत्केरी महिला गायव भएकी हुन्।

सर्लाहीको कवलासी नगरपालिका वडा नम्बर २ स्थित पिपरियाका किसन नन्दन मण्डलकी पत्नी २० वर्षीया ललितादेवीलाई आइतबार बिहान प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएको थियो। त्यही दिन दिउँसो १ बजे चिकित्सकले शल्यक्रिया गरेपछि ललितादेवीले छोरी जन्माएकी थिइन्। त्यसपछि चिकित्सकले सुत्केरी र नवजात शिशुलाई अति सघन उपचार कक्ष ९आईसीयू० मा राखेका थिए। दुई दिन आईसीयूमा राखेपछि मंगलबार सुत्केरीलाई प्रसूति विभागको सामान्य उपचार कक्षमा राखेर चिकित्सकले नवजात शिशुलाई भने ललितादेवीकी आमा चन्द्रकला देवी र सासू तेतरी देवीलाई जिम्मा लगाएका थिए।

बुधबार राति साढे ८ बजेतिर ललिता देवीकी आमा र सासूले शिशुलाई आमाको दूध चुसाएर विभागको कक्षबाट बाहिर ल्याएर आफूसँगै राखेका थिए। राति ११ बजेतिर बच्चा रुन थालेपछि सुत्केरी आमा भएको कक्षभित्र जाँदा शय्यामा ललिता देवी नभेटिएपछि अस्पतालमा रातभर खैलाबैला मच्चिएको थियो।

‘दिदी ९ललिता० कता गइन् भनेर अस्पतालको चारैतिर खोज्यौं। घर र आफन्त सबैतिर फोन गर्‍यौं तर केही अत्तोपत्तो छैन’, बिहीबार साँझ अस्पताल परिसरमा भेटिएका मनोज मण्डलले भने, ‘प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छौं।’ उनका अनुसार प्रसूति विभागमा बुधबार राति ड्युटीमा रहेकी सुरक्षागार्ड रीता कुमारी र अस्पताल प्रशासन केही थाहा छैन भनेर पन्छिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालको शय्याबाटै आमा गायव भएपछि नवजात शिशु बिचल्लीमा परेको हजुरआमा चन्द्रकला देवीले बताइन्। ‘चारैतिर फोन गरिसक्यौं, कहीं पनि पत्ता लाग्न सकेको छैन। जीउमा अप्रेसन गरेको घाउ आलै छ। कहाँ गई होली मेरी छोरी ? , के गर्दै होली ? ’, नवजात शिशु काखमा लिएर अस्पतालमै बसेकी सुत्केरीकी आमा चन्द्रकलाले भनिन्, ‘एक त अप्रेसन गरेकी छोरी गायव भएको पीडा छँदै छ त्यसमा झन् यो दुधे बच्ची छिनछिनमा भोकाएर रुँदा मुटुमा काँडाले घोचेजस्तो पीडा महसुस भइरहेको छ।’

तेतरीदेवीले बुहारी गायब हुनुमा अस्पतालकै लापरवाही भएको आरोप लगाइन्। बिहीबार अस्पतालको प्रसूति विभागमा भेटिएका सुरक्षागार्डले आफूलाई केही थाहा नपाएको बताए।

स्रोत ः अन्नपूर्ण पोस्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com