बालभिटाको प्रयोगले पाल्पामा कुपोषण दर घट्दै


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

पुस ६ रामपुर, पाल्पा । पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ ।

जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार स्वयंसेविकामार्फत बालभिटा निःशुल्क रुपमा उपलब्ध गराइँदै आइरहेको छ । बालभिटाको प्रयोगबाट जिल्लामा अहिले कुपोषित बालबालिकाको संख्या ५२० बाट २२४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

यस्तै, जिल्लामा श्वासप्रश्वासका समस्या भएका बालबालिकाको दर पनि घट्दो रहेको छ । आव २०७३÷०७४ मा प्रतिहजारमा ३०८।१, २०७२÷०७३ मा ७१४ र ०७१÷०७२ मा ८०४ रहेको छ । जिल्लाभरिको तथ्यांक हेर्दा बालभिटाको प्रयोग गर्ने बालबालिकाको दर भने ५४ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक प्रवीण भण्डारीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रामीण भेगमा अझै पनि आफ्ना बालबालिकालाई बालभिटाको प्रयोग नगर्ने अभिभावक धेरै रहेका छन् । केहीले पूरै अवधिसम्म नियमित खुवाएको पाइन्छ भने केहीले घर लगेर प्रयोग नगर्ने गरेको खुलासा भएको छ।

पन्ध्र किसिमका सुक्ष्म पोषक तत्वबाट बनेको हुँदा पनि यसको नियमित सेवनले बच्चाको तौल वृद्धिमा सहयोग पुग्नुका साथै बच्चा फुर्तिलो र टाठो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसका साथसाथै बालभिटा प्रयोगले कुपोषण र श्वासप्रश्वाससम्बन्धी समस्याबाट बालबालिका सधैँ टाढा रहने गर्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com