आर्थिक संकटमा कान्ति बाल अस्पताल


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पताल चरम आर्थिक संकटमा परेपछि कर्मचारी लाई तलब खुवाउनै समस्या परेको छ । नेपालको केन्द्रिय बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालले अहिले मासिक ८ घाटा व्यहोर्दै आएको छ । जाडो मौसमा विरामीको चाप कम हुने भएकाले आम्दिानी कम हुने र कार्यरत ४ सय कर्मचारीको भार अस्पताल व्यवस्थापन एक्लैले बोक्नुपर्ने भएपछि समयमै तलब दिन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टर, नर्स र अन्य गरी करिब ६ सय कर्मचारी रहेको अस्पतालमा मासिब तलब खुवाउनको लागि मात्रै ९० लाख देखि १ करोड लाग्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । ६ सय कर्मचारीमध्ये ४ सय जनालाई कान्ति अस्पतालको विकास समितिले नियुक्त गरेको हो भने साढे दुई सय कर्मचारी स्वास्थ्य मन्त्रालयले स्थायी नियुक्तिमा आएका हुन् । विकास समितिको नियुक्तिबाट आएका कर्मचारीले अस्पतालको आम्दानीबाट तलब पाउने गर्छन् भने स्वास्थ्य मन्त्रालयबाट नियुक्ति पाएका कर्मचारीलाई मन्त्रालयले नै तलब पठाउने गर्दछ । अस्पताल र स्वास्थ्य मन्त्रालयबीच आर्थिक वर्ष २०७४.७५ का लागि तीन करोड दिने सहमती भए पनि स्वास्थ्य मन्त्रालयले निकासा गर्ने भनेको रकम अहिलेसम्म पाएको छैन ।

नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री रहँदा अस्पतालमा ६५ जनाको चिकित्सक सहितका कर्मचारी पठाइएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७३.७४ का लागि बार्षिक एक करोड रकम समेत पठाएको थियो । तर मन्त्रालयले अहिले रकम निकासा नगरे पछि ती कर्मचारीको मासिक तलब पनि अस्पतालले नै व्यहोर्दै आएको छ । अस्पतालमा करारमा कार्यरत नर्सहरुले जागिर छाड्ने क्रम पनि उत्तिकै बढेको छ । अस्पतालले छ महिनासम्म काम गरेका कर्मचारीलाई जागिर छोड्दा विदा बापतको रकम भुक्तान गर्नुपर्ने हुन्छ । त्यसले अस्पताललाई थप आर्थिक भार परेको छ ।

स्टाफ नर्सहरुको राजीनामाले अस्पताललाई आर्थिक भार बढ्नुका साथै अस्पतालको सेवा प्रवाहमा समेत समस्या परेको छ । अपरेशन गर्नुपर्ने बिरामीहरुले उपचारका लागि एक बर्षसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com