Follow @khasokhasmag

शिक्षकको कुटाइबाट घाइते १४ वर्षीया छात्राको ढाडको लिगामेन्ट च्यातिएपछि अस्पतालमा


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

सुनसरी । झापाको दमकस्थित एउटा विद्यालयमा १४ बर्षिया छात्रालाई शिक्षकले निर्मतापूर्वक कुटपिट गरेका छन् । दमक ६ स्थित गायत्री विद्यापिठ वोर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला घाइते भएकी छन् ।

पीडित बालिका कुसुमले गएको मंसिर २७ गते शिक्षकले सोधेका प्रश्नको उत्तर नजान्दा आफूलाई सरले सुरुमा पिठ्यूमा मुड्की मुड्कीले हानेको बताइन् । त्यसपछि कपाल समातेर बेन्चमा ठोक्याइदिदाँ दुखेर खप्नै नसकेको बालिकाको भनाइ छ ।

अस्पतालमा उपचाररत कुसुम । तस्विरः पूर्वलेपाल डटकमबाट

कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट (हड्डि जोड्ने तन्तु) च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको बालिकाका बुबा अच्युत निरौलाले महिला खबरलाई बताए ।

दमकमा परिवारजनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बुबा अच्यूतले कुसुमलाई यसअघि पनि यातना दिने गरिएको गुनासो गरे ।
‘अन्य बालबालिकाले समेत आफूहरूलाई यसखाले यातना दिने गरिएको जनाएकाले यातना दिने शिक्षक तथा विद्यालय प्रशासनमाथि नैै कडा कारवाही हुनुपर्छ’ बालिकाका बुबाले भने । बालिकाको परिवारले घटनाको उचित छानविन गरि न्याय दिलाइदिन माग गरेका छन् ।

कुटपिटबाट घाइते बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको परिवारले प्रहरीमा उजुरी गरेपछि कुसुममाथि निर्घात यातना दिने भूटान घर भएका शिक्षक दुतराजलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com