Follow @khasokhasmag

मलेसियामा नेपाली माथी आइएसको सहयोगी आरोप


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

पक्राउ परी डिपोर्ट गरिएको भनिएका नेपाली नागरिकको नाम खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरोक्कन नागरिक पक्राउ परेको त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । यी मध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।

नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धान पश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको कान्तिपुरमा खबर छ ।

‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com