भक्तपुरमा एम्बुलेन्स दुरुपयोग ः विवाह भोजमा मान्छे ओसार्नेदेखि सामग्री बोक्नेसम्म


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ भक्तपुर भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ।

पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान बोक्न थालेपछि यसको चौतर्फी विरोध भएको हो।

संघको चौंथो वार्षिक साधारणसभामा एम्बुलेन्सको दुरुपयोग रोक्न आग्रह गरिएको छ । दुरुपयोग रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्धकृष्ण श्रेष्ठले बताए।

केही संस्थाले एम्बुलेन्सको दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको बताउँदै उनले त्यसमा संस्था र चालकको संलग्नता एवं चालकको लापरबाही रहेको पाइएपछि संघले सचेत रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष श्रेष्ठले भने, ‘अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघ संस्थाका प्रमुख र चिकित्सक एम्बुलेन्सको महत्वलाई नबुझे झैं गरी बिरामीको लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवतजावत गरेको पाइन्छ, यसो नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।’

संघका सचिव सीताराम खिउँजुले एम्बुलेन्सको उपयोग सम्बन्धमा चालक जानकार हुनुपर्ने बताउँदै एम्बुलेन्स दुरुपयोगलाई रोक्न सचेत गराएको बताए। समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताउँदै उनले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ संघले पहल गरिरहेको उल्लेख गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com